बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि लुम्बिनीमा नयाँ शक्तिको विस्तारित बैठक

बुधबार, ०९ फागुन २०७४, १३ : ११
बुधबार, ०९ फागुन २०७४

तेजेन्द्र केसी
 

बुटवल–नयाँ शक्ति पार्टी, नेपालको  आज, भोलि र पर्सी संघीय परिषद्को विस्तारित बैठकक लुम्बिनीमा हुँदैछ । 

नयाँ शक्तिले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पार्टीको संघीय परिषद्को विस्तारित बैठकमा देशभरका संगठन तथा प्रवासमा रहेको नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाजका प्रतिनिधिहरुसमेत गरी करिब एक हजार प्रतिनिधिहरु सहभागी हुने मूल आयोजक समिति संयोजक कर्णध्वज केसीले जानकारी दिए । 

बैठकले पार्टीको आगामी कार्यदिशा, पार्टीको राजनीतिक तथा वैचारिक दृष्टिकोण र महाधिवेशनको मिति तय गर्ने छ । ‘हामी यो बैठकबाट नेपालमा नयाँ शक्ति किन आवश्यक छ र कसरी उदाउँदै छ भन्ने कुरा प्रष्ट पार्छौं–उनले भने । 

नयाँ शक्तिले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्राप्त गरेको चुनावी नतिजासहित विगतको दुई वर्षे राजनीतिक यात्राको समीक्षा गर्ने भन्दै गत पुसको दोस्रो साता कास्कीको ल्वाङ होमस्टेमा तीन दिने आवासीय बैठक गरेको थियो । 

महाधिवेशन आयोजक समितिको उक्त बैठकले बदलिएको राजनीतिक गन्तव्य पहिल्याउन नयाँ वैकल्पिक शक्ति अपरिहार्य रहेको निश्कर्ष निकाल्दै वैकल्पिक शक्ति निर्माणको दिशातर्फ अग्रसर हुने निर्णय गरेको थियो । 

त्यही ल्वाङ बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्दै वैकल्पिक राजनीतिको विचार, संगठनात्मक पद्धती र तत्कालीन राजनीतिक कार्यक्रमको तर्जुमा गर्न संघीय परिषद्को विस्तारित बैठक बोलाउने निर्णय गरेको नयाँ शक्तिका नेता मनिकर कार्कीले बताए । 

नयाँ शक्तिको लुम्बिनी बैठकले पार्टीलाई वैचारिक रुपले स्पष्ट बनाउँदै संगठनात्मक रुपमा पुनर्संरचना गर्ने प्रदेश ५ संयोजक दानबहादुर चौधरीले बताए । ‘ल्वाङ बैठकले तय गरेको भविष्यमुखी यात्रालाई गन्तव्यमा पुर्याउन आवश्यक वैचारिक पक्ष, सांगठनिक संरचना तथा राजनीतिक कार्यक्रमको बारेमा लुम्बिनी बैठकले ठोस निर्णय लिनेछ ।’  

उनले भने–‘लुम्बिनी बैठकले नयाँ शक्तिको वैचारिक पक्षलाई थप स्पष्ट बनाउँछ, संगठनात्मक रुपमा पार्टीलाई पुनर्संरचना गर्नेछ र व्यवस्थापकीय रुपमा विगतको अनुभवबाट सिक्दै पार्टीलाई सुव्यवस्थित बनाउँदै नयाँ शक्तिलाई वैकल्पिक राजनीतिक शक्तिको रुपमा बलियो बनाउनेछ ।’

 नयाँ शक्तिको ल्वाङ बैठकले निर्धारण गरेको वैकल्पिक राजनीतिक शक्ति निर्माणको कार्यदिशा पूरा गर्नकै लागि आवश्यक निर्णय लिन लुम्बिनी बैठकको आयोजना गर्न लागिएको नयाँ शक्तिका प्रदेश ५ का संगठन विभाग प्रमुख यज्ञ पोखरेलले बताए । 

नयाँ शक्ति प्रदेश ५ को आयोजनामा हुन गइरहेको उक्त विस्तारित बैठक तयारीका लागि एक मूल आयोजक समिति र विभिन्न कार्यविभाजनसहित ११ वटा उपसमितिहरु निर्माण गरी तयारी थालिएको प्रदेश ५ का कार्यालय प्रमुख कमल खनालले जानकारी दिए । त्यस्तै बैठकको तयारीलाई प्रभावकारी र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । 

जसक्रममा प्रतिनिधिहरुका लागि आवास व्यवस्थापनमा कमल खनाल, कार्यक्रम स्थल तथा मञ्च व्यवस्थापनमा यज्ञ पोखरेल, प्रचारप्रसार तथा सूचनामा मनिकर कार्की, मेस तथा खाना व्यवस्थापनमा पंकज राई, आर्थिक व्यवस्थापनमा छन्द पन्थी, स्वास्थ्यमा हरि रिजाल, खानेपानी तथा सरसफाईमा नारायण खनाल, यातायात तथा सवारीमा किस्मत विक, स्टेशनरी तथा कार्यालय व्यवस्थापनमा नर बहादुर सुनार, प्रतिनिधि दर्ता तथा लगत व्यवस्थापनमा बोम दर्लामी र स्वयम् सेवक उपसमितिमा विमल गिरी संयोजक रहनेगरी कार्यविभाजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप