ब्रसेल्समा प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम
बुधबार, ०९ फागुन २०७४, १३ : २०
काठमाडौँ– बेल्जियमको राजधानी ब्रसेल्समा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ । नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा बेनेलक्सका लागि नेपालका राजदूत लोकबहादुर थापाले व्यापार, लगानी, पर्यटन, प्रवद्र्धन र सांस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपालको छवि अभिवृद्धि गर्न आफू क्रियाशील रहेको बताए ।
सो अवसरमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय संयोजन समितिका अध्यक्ष जानकी गुरुङ र गैरआवासीय संघ नेपालका अध्यक्ष लोक दाहालले लोकतान्त्रिक पद्धतिबाट हालै निर्वाचित नेपाल सरकारले जनताका आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरेको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
-
म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु
-
'वर्ल्ड प्रेस फोटो अफ द इयर' अवार्ड जित्ने गाजाको फोटोको कथा
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्