बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बसपार्कमा बस नआएपछि व्यवसायी चिन्तित

बुधबार, ०९ फागुन २०७४, १४ : ०१
बुधबार, ०९ फागुन २०७४

मनोज भुजेल
 

सुनसरी– इटहरी ९ स्थित बसपार्कमा सबारी साधन नछिर्दा बसपार्क क्षेत्रका होटल तथा अन्य व्यवसायीहरु संकटमा परेका छन् । 

इटहरी प्रबेश गर्ने यात्रुबहाक सबारी साधन वाईपास सडकबाटै चल्न थालेपछि त्यस क्षेत्रका होटल तथा किराना व्यवसायीहरु मारमा परेका हुन् । 

लामो तथा छोटो दुरीका बस अनिवार्य रुपमा बसपार्कमा प्रबेश गरेर बिश्राम गर्नुपर्ने र यात्रु चढाउने ओराल्ने गर्नु पर्नेहुन्छ । तर, बसहरु भित्रि वाईपास सडकबाटै चल्न थालेपछि बसपार्क दिनभर शुन्यप्राय हुने गरेको छ । 

इटहरी उपमहानगरपालिका र ट्राफिक प्रहरीको हेलचेक्राईले व्यवसायीहरु बसहरु बाहिरैबाट चल्ने गर्दा व्यवसायीले मार खेप्नुपरेको उनीहरको गुनासो छ । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले सबारी साधन वाईपास गरेर भित्रभित्रै चल्न थालेका कारण बसपार्क क्षेत्रका होटल व्यवसायीहरुले औसत व्यापार गर्न नपाएको बताए ।

उपमहानगरपालिका, यातायत व्यवस्था कार्यालय, यातायत व्यवसायी तथा ट्राफिक प्रहरीको सर्वपक्षिक सहमतिबाट यात्रुबहाक सबारी अनिवार्य रुपमा बसपार्क परिक्रमा गर्नु पर्ने सहमति बनेको थियो । ट्राफिक प्रहरीको उपस्थिति कम र अन्य निकायको व्यवस्थापनमा समेत कमजोरी देखिएपछि यस्तो अबस्था आएको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष बाबुराम गिरीले बताए । अध्यक्ष गिरीले बसपार्क प्रबेश गर्ने सडकहरुको अबस्था दयनिय रहेको र त्यसको मर्मत सम्भारमा इटहरी उपमहानगरपालिकाले चासो नदेखाएको आरोप लगाए ।

बसपार्क प्रबेश गर्नुपर्ने सबारी साधनहरु अहिले विपी चौक र बसपार्कका वाईपास मार्गबाट मुख्य सडकमा जोडिने गरेका छन् । जसले गर्दा मुख्य राजमार्गमा सबारी जाम र ट्राफिक व्यवस्थापनमा चुनौति बढेको पाईन्छ ।

त्यसमा पनि सडकको अबस्था र बसपार्क प्रयोग बिहिन बनेको प्रति स्थानियवासी तथा संघसंस्थाहरु जनप्रतिनिधिमाथि दोष दिने गरेका छन । बसपार्क र सडकको अबस्था प्रति इटहरी ९ नं वडा अध्यक्ष भुपेन्द्र बराल भने आफुहरु समस्या प्रति गम्भीर रहेको बताउछन् । देखिएको समस्या समाधानको लागि इटहरी उपÐमहानगरपालिकाले सम्बन्धित निकायमा जानकारी गराइसकेको बरालले बताए ।


दैनिक ३ सय बढी सबारी साधन बसपार्क प्रबेश नगरी वाईपास मार्गबाट चल्दै आएको बताइएको छ । बाईपास सबारी रोक्न विपी चौक र कलंकीमा ट्राफिक प्रहरी राखिएपनि जनशक्ति अभावमा प्रहरीको संख्या घटाउनु परेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मेघराज थापाले बताए । जनशक्ति अभावका बिच पनि बसपार्कमा सबारी प्रबेश गराउन आफुहरु प्रतिबद्ध रहेको उनले बताए ।सबारी साधन बसपार्क नपुग्दा करिब २ सय बढी व्यवसायीहरु प्रत्यक्ष मारमा परेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप