शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज अन्तराष्ट्रिय मातृभाषा दिवस

बुधबार, ०९ फागुन २०७४, १४ : २१
बुधबार, ०९ फागुन २०७४

आज अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 
यसै अवसरमा काठमाडौंमा पनि विभिन्न भाषा र संस्कृति झल्कने खालको प्रभातफेरी कार्यक्रमको आयोजना गरियो ।
नेपाल प्रजा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मातृभाषा कविता महोत्सव पनि आयोजना गरिएको छ । नेपालमा हाल १ सय २३ वटा भाषालाई मातृभाषाको रुपमा लिइएको छ ।
ती सबै भाषाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गरिएको प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीेले जानकारी दिए ।
हरेक वर्ष फेब्रुअरी २१ तारिकका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । 
विश्वका विभिन्न भाषा तथा संस्कृतिको विविधतासँगै बहुभाषाको प्रयोगलाई बढावा दिन यो दिवसलाई विशेष महत्वका साथ मनाउने गरिएको हो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप