शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टरकाे यस्ताे याेजना

बुधबार, ०९ फागुन २०७४, १४ : ४१
बुधबार, ०९ फागुन २०७४

काठमाडौं - युवालाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर अब नयाँ ढंगबाट सुचारु हुने भएको छ ।

आइएसओ र सीटीईंभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको सेन्टरका सञ्चालक दिपक पोखरेलले बताए । ल्यापटप तथा डेक्सटपका ‘चिप लेवल’ र मोवाइल, प्रिटरलगायतका सामानहरुको ट्रेनिङ गराईरहेको एलाइन्सले नेटवर्किङ सम्बन्धि ज्ञान पनि दिइरहेको छ ।

आइएसओ मान्यता प्राप्त एलाइन्सले अब भने नयाँ मेसिनहरुको सहायताबाट कक्षा सञ्चालन गर्न लागेको हो । यसअघि पनि नेपालमै पहिलो पटक वियू्य, सीआरओ, आईआरडी, डीसी जस्ता मेसिनको प्रयोग गरेर तालिम प्रदान गर्दै आएको एलाइन्सले अहिले इएनआईटी, आरटी ८०९ जस्ता मेसिन थप गरेर कक्षा सञ्चालन गर्दै आएको छ ।

भदौबाट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीईभीटी) बाट समेत मान्यता पाइसकेको एलाइन्समा तालिम लिएका विद्यार्थीहरुले रोजगारीको अवसर समेत पाउने भएका छन् । छ महिना तालिम लिए पश्चात विद्यार्थीलाई एलाइन्सले नै रोजगारीको अवसर प्रदान गर्ने सञ्चालन पोखरेलले बताए ।


यस क्षेत्रमै रहेर काम गर्दै आएका तर पूर्ण दक्ष बन्न नसकेकाहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तालिम प्रदान गरिरहेको छ । जसले गर्दा पहिले नै तालिम लिएकाहरुले पनि पछिल्लो समय विश्वमा भएका प्रविधिका परिवर्तनका बारेमा बुझ्न सक्ने सञ्चालक पोखरेल दावी गर्छन् ।

रोजगारीको अवसर नपाएर विदेश जान चाहनेहरु र प्लस टु पश्चात कम्प्युटर तथा इलेक्ट्रोनिक्स विषय लिइ अध्ययन गर्न चाहने विदार्थीहरुका लागि पनि एलाइन्सले छुट्टै प्याकेज बनाएर तलिम प्रदान गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप