मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

संग्रौलामाथि छुरा प्रहार गर्ने दुई पक्राउ

बुधबार, ०९ फागुन २०७४, १५ : ३१
बुधबार, ०९ फागुन २०७४

सुरुङ्गा– अर्जुनधारा नगरपालिका– ११ निवासी ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गर्ने दुई अभियुक्त पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सोही नगरपालिका–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा– ११ का १६ वर्षीय अंकित प्रधान रहेको बिर्तामोड इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । मंगलबार राति अर्जुनधारा–११ स्थित बस पार्कको सिर्जना होटल अगाडि आपसी विवादमा संग्रौलामाथि छुरा प्रहार भएको थियो । 

छुरा प्रहारबाट संग्रौलाको दाहिने छातीमा गम्भीर चोट लागेकाले बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । छुरा प्रहार पछि फरार रहेका उनीहरूलाई आज बिहान पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही अघि बढाइएको प्रहरी निरीक्षक विष्टको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप