बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु
बुधबार, ०९ फागुन २०७४, १५ : ३७
कपिलवस्तु–कपिलवस्तुमा यात्रुबहाक बसको ठक्करबाट एकजना भारतीय नागरिकको ज्यान गएको छ । मृत्यु हुनेमा भारतको सिदार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसिया रहेको प्रहरीले जनाएको छ । तौलिहवा भैरहवा सडक खण्डको कपिलबस्तु नगरपालिका ८ दोहनी मा बसले ठक्कर दिएको थियो ।
भैरहवादेखि तैलिहवा आउदै गरेको लु १ ख ३७३४ नम्बरको बसले विपरित दिसाबाट आईरहेको युपी ५५यु ३५६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गौरीशंकरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते