शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने

बुधबार, ०९ फागुन २०७४, १५ : ४९
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– आगामी शुक्रबारदेखि काठमाडौंमा ‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’  विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको  छ ।  संघीयतामा गएका मुलुकहरुको अनुभव हासिल गर्ने मुख्य उद्देश्यका साथ अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल ‘हिसान’का अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए ।

बुधबार काठमाडौंमा सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीयता अनुसारको मुलुकको समग्र शैक्षिक नीति तय गर्न सम्मेलनले सरकारलाई सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे । सम्मेलनमा अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, थाईल्याण्डसहित विभिन्न देशका प्राज्ञहरु सहभागी हुनेछन । २ दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । सम्मेलनले नेपालको शैक्षिक क्षेत्रमा आवश्यक नीतिगत निर्णय लिन सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप