शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राहकहरुका लागि नबिल बैंकले सुरु गर्यो नयाँ सेवा

बुधबार, ०९ फागुन २०७४, १६ : ०१
बुधबार, ०९ फागुन २०७४

काठमाडौं– नबिल बैंकले ग्राहकहरुको सेवालाई ध्यानमा राखेर सी आस्बा सेवा सञ्चालनमा ल्याएको छ । उक्त बैंकले सार्वजनिक निश्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी आस्बा सेवामार्फत आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी सो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा सुरु भएसँगै ग्राहकले बैंकका सम्पूर्ण शाखाहबाट सी आस्बाकस्टमर रजिष्ट्रेसन नम्बर सिइसी–आस्बा  प्रणालीमार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्ने जनाइएको छ ।  ग्राहकले उक्तकस्टमर रजिस्टे«सन नम्बरलिएपश्चात मेरो शेयरमार्फत आफै अनलाईन आवेदन दिन सक्नेछन्।साथै अनलाईन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गईसि( आस्बा फारम भरी आवदेनबराबर को रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणाली मार्फत आवदेन दिन पनि सकिनेछ ।

मुलुकको पहिलो संयुक्त लगानीको बैंकको रुपमा स्थापित नबिल बैंकले उपभोक्तामा आधारित विविधतायुक्त सेवा/सुबिधा प्रदान गर्दै आएको छ ।  बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १०४ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् विश्वभर सेवा प्रदान गरि आएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप