बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विचारको उज्यालो खोज्न लुम्बिनी आएका हौं : डा. भट्टराई

बुधबार, ०९ फागुन २०७४, १६ : २७
बुधबार, ०९ फागुन २०७४

कपिलवस्तु–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको बेला नयाँ विचार दिन नयाँ शक्ति लुम्बिनी आएको बताएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालको चौथो बिस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर नयाँ संकल्पसहित कार्यक्षेत्रमा फर्कने बताए ।
‘विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो त्यसैगरी हामी लुम्बिनीबाट नयाँ विचारसहित नयाँ संकल्प गरेर कार्यक्षेत्रमा जान्छौं’ डा. भटराइले भने ।

संयोजक भट्टराईले विश्व नै वैचारिक संकटबाट गुज्रिरहेकोले बुद्धले जस्तै आँट गरेर नयाँ विचार दिनुपर्ने पनि बताए । ‘भारतमा पनि हिन्दू अतिवादी दक्षिणपन्थी शक्ति सल्बलाइरहेको छ । चीनमा पनि वैचारिक संकट छ । अमेरिकामा डोनाल्ड ट्रम्प पनि उल्टो बाटो हिंडिरहेका छन्’  उनले भने ’हामीले फेरि आँट गरेका छौं, हामी यसको नेतृत्व गर्न सक्छौं ।’

संयोजक भट्टराईले नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा नहुने बताए । ‘नयाँ शक्ति र नयाँ विचार एकैचोटि पैदा हुँदैन, थुप्रै घातप्रतिघात र असफलताको श्रृंखलाबाट जन्मन्छ,’ गौतम बुद्धले पनि त्यति सजिलै बुद्धत्व प्राप्त गर्नुभएको होइन’ भटराइले भने ।

नयाँ शक्तिमा पनि धेरै नेताहरु राजपाठ छाड्दै त्याग गरेर यो अभियानमा जोडिएको बताउदै उनले राजनीति बिग्रिएको तथा फोहोर र भ्रष्टाचारबाट मुक्त हुन नसकेको बताए । 

नयाँ शक्ति रातारात बन्छ भन्ने भ्रम आफूले दिन नचाहेको भन्दै उनले पुराना शक्तिहरु आफैंभित्र समस्याग्रस्त भएकोले वैकल्पिक शक्तिका रुपमा उदाउने निश्चित भएको बताए ।

‘शरीरको रोगलाई डाक्टरको आँखाले मात्र देख्छ, पुराना शक्तिहरुको आकार जतिसुकै ठूला भए पनि उनीहरुभित्र रोग र विकृति छ,’ उनले भने, ’उहाँहरु उहाँकै रोगले सकिनुहुन्छ, यसकारण उहाँहरुबाट समृद्धि सम्भव छैन ।’ भटराईले नयाँ शक्तिले आफैभित्रका पनि रोगहरुको उपचार गर्दै लुम्बिनी संकल्प गरेर कार्यक्षेत्रमा फर्कने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप