शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुचना प्रविधिलाई सदुपयोग गर्न सक्नुपर्छः सचिव भट्टराई

बुधबार, ०९ फागुन २०७४, १७ : ४१
बुधबार, ०९ फागुन २०७४

काठमाडौं–एमाले सचिव योगेश भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको सदुपयोगलाई उच्च प्राथमिकता दिने बताएका छन् ।  सचिव भट्टराईले नयाँ सरकारले सूचना प्रविधिको माध्यमबाट मध्यम र तल्लो स्तरका जनतालाई राज्यको सेवा र सुविधाको पहँुचमा ल्याउने लक्ष्य लिने पनि स्पष्ट पारे ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाजवादको आधार निर्माण गर्ने संवैधानिक लक्ष्य पूरा गर्न पनि सूचना प्रविधिको भरपुर सदुपयोग गर्नुपर्ने पनि स्मरण गराए ।

सचिव भट्टराईले सूचना प्रविधिको सही सदुपयोग गर्न नसके नेपालको राष्ट्रियता नै संकटमा फस्ने चेतावनी समेत दिए ।  सचिव भट्टराईले सूचना प्रविधिको प्रयोगबाट समाजमा विद्यमान आर्थिक–सामाजिक लगायतका विभेद् न्यूनिकरण गर्दै लैजानुपर्नेमा पनि जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप