मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकका पाँचवटा नयाँ शाखा बिस्तार

बुधबार, ०९ फागुन २०७४, १७ : ४७
बुधबार, ०९ फागुन २०७४

काठामाडौ– सेञ्चुरी कमर्सियल बैंकले देशका ग्रामीण भेगका जनतामाझ बैंकिङ्ग पहुँच पुर्याउने उदेश्यले हालै ५ वटा नयाँ ग्रामीण शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम खोटाङ्ग जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । 

शाखा कार्यालयहरुको बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रीय कार्यलयबाट शुभारम्भ गरेका हुन् ।  २०६७ फाल्गुण २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोबार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप