बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानी दूताबासद्वारा पुरस्कार वितरण

बुधबार, ०९ फागुन २०७४, १८ : ०८
बुधबार, ०९ फागुन २०७४

काठमाडौं–पाकिस्तानी राजदूताबासले  आयोजना गरेको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता –२०१८ का विजयीलाई पुरस्कार वितरण गरेको छ ।  नेपाल–पाकिस्तान मैत्री र सास्कृतिक संघका अध्यक्ष  हिमालय शमशेर राणा विजयी नेपाली विध्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

 दुतावासले ६ औं वार्षिक ‘पाकिस्तानी राजदुत निबन्ध लेखन प्रतियोगिता’–२०१८ र २ औं वार्षिक ‘पाकिस्तानी राजदुत वत्तृत्वकला प्रतियोगिता’ –२०१८ को पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको थियाे । 

निवन्ध प्रतियोगितामा  आयुशा भट्टराई , प्रथम, सम्झौता भट्टराई, दोश्रो र मालिका हुमागाई , तेस्रो  भए भने वत्तृत्वकला प्रतियोगितामा  डेनिसा चौलागाई , प्रथम , राहुल देवान, दोश्रो, एलिजा सिंह खड्का, तेस्रो र भावना भण्डारी, चौथो भए । 
निवन्धमतर्फ पदकको अतिरिक्त विजेताहरुले प्रमाणपत्र र नगद पुरस्कार क्रमशः ४०,००० , ३५,०००  र ३०,००० प्राप्त गरे । बाँकी दश स्थानमा रहेका विध्यार्थीहरु प्रत्येकलाई प्रमाणपत्र र नगद ५,००० प्रदान गरिएको दूताबासले जनाएको छ ।  निबन्धको शिर्षक ‘दक्षिण एशियाली परिप्रेक्षयमा आजको विश्वमा छिमेकीहरु महत्वपूर्ण हुन्छन् तर छिमेकीभाव झन् महत्वपूर्ण हुन्छ’ भन्ने थियो ।


त्यस्तै ‘पाकिस्तानी राजदुत वत्तृत्वकला प्रतियोगिता’मा पहिलो , दोश्रो र तेस्रो स्थान हासिल गर्नेहरुलाई प्रमाणपत्र र स्वर्ण , रजत र कास्य पदकको अतिरिक्त नगद पुरस्कार क्रमशः ४०,००० , ३५,००० र ३०,००० प्रदान गरिएको थियो । साथै चौथो स्थान हासिल गरेका विध्यार्थीलाई २०,००० प्रदान गरिएको थियो । त्यस्तै बाँकी दश स्थानमा रहेका विध्यार्थी प्रत्येकलाई  ५,००० र प्रमाणपत्र प्रदान गरिएको थियो ।

 
सो प्रतिस्पर्धामा नेपालभरबाट उच्च माध्यामिक तह विश्वविद्यालय तहसम्मका पन्ध्र सय नेपाली विध्यार्थीहरुले सहभागीता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप