माओवादी नेता खड्काको स्मृतिमा पत्रकार राजवंशी पुरस्कृत
झापा–गौरिशंकर स्मृति प्रतिष्ठान झापाले आदिवासी समुदायका अगुवा पत्रकार इन्द्रसिंह राजवंशीलाई गौरिशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ । झापाको बिर्तामोडमा बुधबार प्रतिष्ठानले आयोजना गरेको खड्काको सातौं स्मृति दिवशमा पत्रकार राजवंशीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी नेता राम कार्कीले राजबंशीलाई नगद १५ हजार र सम्मान पत्रले परस्कृत गरेका थिए । पूर्व सञ्चार मन्त्रीसमेत रहेका कार्कीले खड्काको सादा जीवनको सबैले अनुसरण गर्नुपर्ने बताए । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एक भएको अवस्थामा गौरिशंकर जस्ता नेताको स्मृति मजवुत हुने उनको भनाई छ ।
माओवादी जनयुद्धमा पूर्वी नेपालमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गौरिशंकर खड्का २०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनको सात वर्षअघि क्यान्सरबाट मत्यु भएको थियो । सादा जीवनका धनी खड्का शान्त र बिनम्र स्वभावका धनी भएको कार्यक्रममा सहभागि वक्ताले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !
-
भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम १ सय रुपैयाँ उठाउन एमाले महासचिवको प्रस्ताव