डा.गोविन्द केसीको जन्ममितिबारे खुल्यो अर्को नयाँ रहस्य (नागरिकताको तस्बीरसहित)
काठमाडौं– प्रध्यापक डा.गोविन्द केसीको जन्ममिति विवादका विषयमा अर्को नयाँ रहस्य खुलेको छ । डा. केसीले यसअघि मेडिकल काउन्सिलमा पेस गरेको नागरिकता प्रमाणपत्रका विषयमा अर्को रहस्य खुलेको हो । डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा अर्कै जन्ममिति भएको पाइएको छ । उच्च श्रोतका अनुसार डा. केसीले काउन्सिलमा पेश गरेको नागरिकतामा उनको जन्ममिति अठार वर्ष लेखिएको छ भने पुरा जन्ममिति खुलेको थिएन । उक्त नागरिकताको नम्बर १०१२ उल्लेख गरिएको छ । यस्तै नागरिकता मिति २०३१/०२/०९/०४ मा लिएको देखिन्छ |
जन्ममिति विवादमा फसेपछि डा. केसीले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी शैक्षिक प्रमाणपत्रमा उल्लेख गरिएका फरक–फरक जन्ममितिका बारेमा स्पष्टीकरण दिएका थिए । डा.केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्ममिति भेटिएको थियो ।
डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ । तर उनले घुमाउरो ढंगले फरक–फरक जन्म मितिलाई स्वीकार गरेका थिए । यद्यपि, उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको मिलेमतोमा यो अफवाह फैलाइएको आरोप समेत लगाएका थिए ।
मेडिकल काउन्सिलमा पेस गरेको प्रमाणपत्रमा भने नयाँ तथ्य उल्लेख भएको पाइएपछि अर्को विवाद जन्मिने संकेत देखिएको छ ।
नागरिकताको प्रतिलिपि लिंदा उनले पुरा जन्म मिति खुलाएर लिएको देखिन्छ | प्रधानन्यायाधीश गोपाल पराजुलीको हकमा पनि नागरिकता लिंदा उमेर २१ वर्षमात्र उल्लेख थियो र प्रतिलिपि लिँदा पुरा जन्ममिति लेखिएको थियो |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?