शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोहलीसँग डेटका लागि नेहाले किनिन् नयाँ कार

बिहीबार, १० फागुन २०७४, ११ : १९
बिहीबार, १० फागुन २०७४

मुम्बई –बलिउड गायिका नेहा कक्कडले हालै एक नयाँ कार मसिडिज बेन्जा जिएलएस ३५० किनेकी छन् । उनले आफुले किनेको गाडीको तस्बिर सोशल मिडिया मार्फत समेत सार्वजनिक गरेकी छन् । जुन तस्बिरमा कारको साँचो लिदै गर्दा उनी निकै खुसी देखिएकी छन् । 
उनले उक्त कार ९५.७२ लाखमा किनेकी हुन् । यो मुल्यमा भारतको कुनैपनि शहर नजिक इलाकामा २ वटा मिडियम घर किन्न सकिन्छ ।

डेटिङका कारणले चर्चित नेहा

नेहा पछिल्लो दिन पर्सनल लाइफका कारणले चर्चित छिन् । उनी अहिले अभिनेता हिमांश कोहलीसँग डेटिङ गरिरहेकी छन् । कोहली नेहा भन्दा १ बर्षले कान्छो रहेका छन् ।
 
भेलेन्टाइम वीकमा यी दुबैले एकसाथ भएका केही तस्बिर इस्टाग्राम मार्फत सार्वजनिक गरेका थिए । दिल्लीका निवासी हिमांशले ‘यारिया’ चलचित्रबाट अभिनयमा डेब्यु गरेका थिए ।

यो चलचित्रमा नेहाले ‘सनी सनी’ बोलको गीत गाएकी थिइन् ।  यही चलचित्रको सेटमा यी दुबैको दोस्ती भएको थियो । पछि डेटिङ पनि सुरु गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप