बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युवतीको चक्करमा आफ्नै साथीको घाँटी रेटी हत्या, दुई भारतीय पक्राउ

बिहीबार, १० फागुन २०७४, १६ : २३
बिहीबार, १० फागुन २०७४

बारा । व्यापार र केटीसँगको सम्बन्धको निहुँमा आफ्नै साथीको हत्या गर्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारका २५ वर्षीय सन्तोष गुप्ता र २४ वर्षीय राहुल पटेल रहेका छन् । उनीहरुले गत फागुन ३ गते भारतको विहार रक्सौल बस्ने २२ वर्षीय मनिष कुमार नारायाणको घाँटी रेटी हत्या गरेका थिए ।

गत फागुन ४ गते बिहान बाराको परवानिपुर गाउँपालिका वडा नं. ५ बहुवरी टोल स्थित पुर्वी–पश्चिम गण्डक नहरको सडक किनारमा वेवारिसे शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा उक्त शव भारत विहार रक्सौल न.पा.वडा नं.१० काली मन्दिर रोड बस्ने प्रमोद कुमारका छोरा मनिषको भएको परिवारले सनाखत गरेको थियो ।

प्रहरीले यसबारे अनुसन्धान गर्दा मनिषलाई सन्तोष गुप्ता र राहुल पटेल समेतको योजना र संलग्नतामा घाटी रेटी कर्तव्य गरी मारी फालेको खुलेको थियो । उनीहरुलाई नेपाल भारत र पर्सा जिल्लाको सिमावर्तित एरियामा पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार मृतक मनिष कुमारको विहे फागुन ११ गते भारतको घोडासहन भन्ने ठाउँमा हुने तय भएको थियो । 

गत फागुन ३ गते विहान मनिषको घरमा गई प्रतिवादी राहुल पटेल र सन्तोष गुप्ताले करिब ३ घण्टा सम्म कुराकानी गरी बिरगंज जानको लागी दवाव दिएका थिए । विहेको कार्ड बाँड्न जाउँ भन्दै दुई जनाले मनिषलार्ई फकाई बिरगञ्ज ल्याई चंडाल चोकमा अत्याधिक मात्रामा मादक पदार्थ सेवन गराएका थिए । त्यसपछि दुई जनासहित अन्य फरार प्रतिवादीहरुको सहयोगमा राती अन्दाजी ९ बजेको समयमा बारा जिल्लाको परवानीपुर गा.पा.५ बहुअरी टोल स्थित पुर्व–पश्चिम नहरमा धारिलो हतियारले घाटी रेटी मारेका थिए ।

घटनामामा ना २ ह ११० नं.को ई.रिक्सा प्रयोग गरेको पाइएको छ ।

प्रहरीका अनुसार मृतक र पक्राउ प्रतिवादी बीचमा व्यवसाय व्यापार तथा केटी सम्बन्धमा व्यक्तिगत रिसईवीको रहेको थियो । जसको कारण उनीहरुले कारण हत्या गरेका हुन् ।

उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा सम्मानित बारा जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप