मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्षको चेतावनी, पछि हटे देउवा

बिहीबार, १० फागुन २०७४, १६ : ३२
बिहीबार, १० फागुन २०७४

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आईतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयले जनाएअनुसार कार्य समितिको बैठक आइतबार बस्ने भएको हो ।  कार्यसम्पादन समितिको बैठकको लागि भन्दै बिहिबार बिहान ९ बजेको समय निर्धारण गरि पहिलोपटक सुचना जारी गरिएको थियो । बुधबार साँझ पाँच बजेर २९ मिनेटमा अर्को सुचना सम्प्रेषित भएको थियो । सुचनामा भनिएको थियो, ‘अर्को सुचना जारी नहुन्जेल लागि कार्यसम्पादन समितिको बैठक स्थगित गरिएको छ ।’
स्थगित गरिएको सुचनाको केहिबेर पछि शनिबार संसदीय दलको कार्यालय सिंहदरवारमा प्रतिनिधि तथा राष्ट्रियसभाका सदस्यहरुको बैठक बस्ने जानकारी गराइयो ।  बिहिबार मध्यान्ह मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समितिको वैठक आइतवार वस्ने जानकारी दिएका छन् । सुचना जारी गर्दै बैठक रोक्नुमा काँग्रेसको आन्तरिक किचलो प्रमुख कारण थियो । सभापति देउवाले कार्यसम्पादन समितिको वैठक डाकेसँगै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरु आन्तरिक तयारीका लागि बैठक बसेका थिए । वुधवार वानेश्वरमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकले कार्यसम्पादन समितिको बैठकमा उपस्थिति नहुने निर्णय गरेको थियो । 
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठक संसदीय दल चयनका विषयमा केन्द्रीत हुने जनाएका थिए ।  बिहिबार डाकिएको बैठकप्रति बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध जनाएपछि स्थगित गरिएको थियो । पौडेल पक्षका नेताहरुले विधान विपरित गठन गरिएको समितिको बैठकलाई बहिष्कार गर्ने अडानका कारण बैठक रोकिएको थियो । पौडेल पक्षका नेताहरुले बैठक बहिष्कार गर्ने संकेत दिएको नेता बालकृष्ण खाँणले स्वीकारे । खाँणले भने ‘सबै नेताहरुको उपस्थित होस् भन्ने मनशायले कार्यसम्पादन समितिको बैठक रोकिएको हो ।’ देउवा पक्षीय संसदीय दलको बैठकबाट विधान संशोधनको स्वीकृति गराएर केन्द्रीय समितिबाट अनुमोदनको तयारी गरिएको छ । 

पौडेल पक्षका नेताहरु आईतबार बोलाइएको केन्द्रीय समितिको बैठकलाई निष्कर्षमा पुर्याएर टुङ्याउने पक्षमा छन् । निर्वाचनको पराजयको कठोर समीक्षा हुनुपर्ने काँग्रेस नेता अर्जुननरसिंह केसीले बताए । ‘कहाँ–कहाँ कस्को कारणले पराजय भएको हो,क्रुर समीक्षा हुनुपर्छ ’ उनले भने । आईतबार डाकिएको बैठक पनि बिना निष्कर्ष टुंगिन सक्ने भन्दै केसीले सभापति माथि संशय व्यक्त गरे । यसअघि बोलाइएको केन्द्रीय समितिको बैठकमा दुई दिन बसेर रोकिएको थियो । विधानको सर्वस्वीकार्यतामा जोड दिएको नेता नविन्द्रराज जोशीले बताए ।

विधानविपरित गठन भएको समितिको बैठकको औचित्य नभएको उनले प्रष्ट पारे ।  केन्द्रीय समितिको बैठकमा संसदीय दलको नेता चयनको विषयसँगै अन्य एजेण्डाहरु पनि प्रवेश हुने उनले बताए । काँग्रेसका अर्का नेता प्रदीप पौडेलले संसदीय दलको नेताका  विषयमा छलफल हुने गरि बैठक डाकिएको जानकारी पाएको बताए । पौडेलले संसदीय दलको नेता र विधान संशोधनमा मात्रै छलफल केन्द्रीत नहुने जनाए । दलको पुननिर्माणका विषयमा छलफल केन्द्रीत हुनुपर्ने उनको भनाई छ ।  विधान विपरित गठन भएका समितिहरु र निर्वाचनमा दलको पराजयको गम्भीर छलफल हुनुपर्ने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप