मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा वर्षा

बिहीबार, १० फागुन २०७४, १६ : ४१
बिहीबार, १० फागुन २०७४

काठमाडौँ– स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । 

उनका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ गर्जनसहित बाक्लो बादल बनेकाले हल्का वर्षा हुनेछ । अहिले मध्यपहाडी भेगमा बढी बदली रहेको छ भने काठमाडौँका कतिपय स्थानमा छिटफुट वर्षा भइरहेको छ । 

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्व मनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् आर्यालले बताए । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्वमनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षात् गराउने सम्भावना हुन्छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २३.२ र न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको तापक्रम २९ डिग्री सेल्सियस रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप