शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुल्ठिम रोहितको दिल रानी

बिहीबार, १० फागुन २०७४, १८ : १९
बिहीबार, १० फागुन २०७४

काठमाडौ – नेपाली चलचित्र ’नेप्टे’को ‘दिल रानी’ बोलको क्लब गीत सार्वजनिक भएको छ । सन्तोष राजको संगीत रहेको गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।

गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको नृत्य रहेको छ । गीतमा यमनाथ मैनालीका शब्द छन् भने कबिराज गहतराज कोरियोग्राफर हुन् ।

चैत ३० गतेबाट प्रदर्शनमा आउने चलचित्रमा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रका निर्देशक देव कुमार श्रेष्ठ हुन् ।

किरण माइकलको पटकथा एवम् संवाद रहेको फिल्ममा रोहित आँफैले कथा लेखेका छन् । चलचित्रमा रोहित रुम्बाकै लगानी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप