भृकुटीमण्डपमा प्रथम वृहत जुत्ता चप्पल औद्योगिक मेला शुरु
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा प्रथम वृहत जुत्ता चप्पल औद्योगिक मेला तथा प्रदर्शनी शुरु भएको छ ।
नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा सुरु भएकोे मेलाको बिहीबार नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले उद्घाटन गरेका हुन् ।
मेलाको उद्घाटन गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष एवं आयोजक नरेश कटुवालले नेपालमै उत्पादन भएका जुत्ताचप्पलाई सरकारले प्रवद्र्धनमा सहयोग र उपभोक्ताले माया गरे राज्यको करमा वृद्धि हुनुका साथै रोजगारी सृजनामा टेवा पुग्ने बताए ।
उनले राज्यले जुत्ता चप्पल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा न्यून कर निर्धारण गर्नुपर्ने कुरामा जोड दिए ।
मेलाले नेपालमा उत्पादित जुत्ता चप्पलहरुको प्रवद्र्धनका साथै उपभोक्ताले समेत स्वदेशी उत्पादन सहुलियत दरमा उपभोग गर्न पाउने आयोजककको अपेक्षा छ । मेलामा दोस्रो दिनसम्म आउँदा अवलोकनकर्ता तथा क्रेताहरुको घुइचो लागेको छ ।
कार्यक्रममा मेलाका संंयोजक तथा केटिएम सुज प्रा.लि.का प्रबन्ध निर्देशक प्रमोद महतोले नेपाली ब्राण्डका जुत्ता चप्पलको बजार प्रवद्र्धन गर्दै ग्राहकलाई एकै थलोबाट सस्तो मूल्यका जुत्ता चप्पल विक्रि गर्ने उद्देश्यले जुत्ता चप्पल मेला सञ्चालन गरिएको बताए ।
मेलामा उपभोक्ताले फ्याक्ट्रीकै मूल्यमा जुत्ताचप्पल खरिद गर्न सक्नेछन् ।
मेलामा केटिएम सुज, भेनस सुज, प्राइड स्वदेशी जुत्ता,फुट स्टेपस् सुज, हाइलाइफ फुट सुज, क्वालिटी शुज, शुभेक्छा शुज, शिद्धिविनायक फुटवेयर लगायतका ब्राण्डहरु जुक्ताहरु राखिएको छ । यस ब्राण्डका जुक्ताहरु गुणस्तरीय र निर्यात गर्न योग्य वर्षौ टिक्ने फ्रेस जुत्ता चप्पल भएको आयोजकले जनाएको छ । प्रर्दशनी यहि २०७३ फाल्गुण फागुन १९ गते सम्म संचालन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतसँगको खुला सिमानाका कारण नेपाल सधैँ चेपुवामा भट्टराई
-
कराँचीमा जापानी नागरिकको कारमा आत्मघाती आक्रमण, २ जनाको मृत्यु
-
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
इरानले इजरायलमाथि आक्रमण गरेपछि बढ्यो तेलको भाउ, सुनको मूल्यमा पनि कीर्तिमान
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र