बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको जन्मदिन, फस्ट लेडीको ठट्टा (फोटोफिचर)

शुक्रबार, ११ फागुन २०७४, ११ : ३५
शुक्रबार, ११ फागुन २०७४

काठमाडौँ  । बालुवाटार स्थिति प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहानै मन्त्रीपरिषदको बैठक सकिए लगतै एक किसिमको उत्साहको माहोल थियो । किनभने आज प्रधानमन्त्री ओलीको जन्मदिन थियो । 

बालुवाटरमा उनलाई शुभकामना दिन बाक्लै भीड थियो । पार्टीका नेतादेखि र मन्त्रीहरु उपस्थित थिए । 

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य ओली भने अलि ढिलो गरी सो समाहोरहमा उपस्थित भएकि थिइन् ।

हतार–हतार कार्यक्रमस्थलमा आइपुगेकी उनले मन्द मुस्कानसहित सबैजनालाई अभिवादन गर्दै भनिन्, ‘आज केक मात्रै काटेर दिन बित्ला जस्तो छ । अरु काम छैन जस्तो छ ।’ 

उनले त्यसोभन्दा त्यहाँ उपस्थित सबैजनाको हाँसोको फोहरा छुटेको थियो । 

त्यसपछि, दोश्रो चरणको बर्थडे केक दुवै जना दम्पति मिलेर काटेका थिए ।  

प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चिनियाँ राजदूतदेखि भारतीय राजदूतसम्म पुगेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप