बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नबिल फाउण्डेसनद्वारा दोलखाका दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण

शुक्रबार, ११ फागुन २०७४, १५ : ३८
शुक्रबार, ११ फागुन २०७४

दोलखा– नबिल फाउन्डेसनले दोलखास्थित सुन्द्रावतीका दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण गवरेको छ । उक्त बैंकले दोलखाको सुन्द्रावतीका जागरण प्रावि र गुँरासे प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा नबिल फाउन्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले विद्यालयका छात्रछात्राहरुलाई स्कुल ब्याग, कपि र पेन्सिल लगायतका शैक्षिक सामाग्री प्रदान गरे । अध्यक्ष अग्रवालले ती शैक्षिक सामाग्री विदालयका प्राचार्य लक्ष्मी ओली र कान्ति सेढाईलाई हस्तान्तरण गरेका थिए ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा  नबिल फाउण्डेसनले विद्यँलय तथा छात्रछात्राका शैक्षिक विकासमा योगदान पु्र्याएकोमा दुबै विद्यँलय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद दिएका थिए । सोही अवसरमा फाउण्डेसनका अध्यक्ष श्री दयाराम गोपाल अग्रवालले शिक्षा क्षेत्रमा केही सहयोग गर्न सकिएको खुसी ब्यक्त गरेका थिए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप