बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्रीको छाती ३६ इन्च !

शुक्रबार, ११ फागुन २०७४, १५ : ४४
शुक्रबार, ११ फागुन २०७४

धनगढी । उनी एक सरकारी कार्यालय पुगेका छन् । हातमा एउटा फित्ते टेप छ ।

कार्यालयमा मर्मत संभार गर्दै गरेको विभिन्न आवाज आइरहेको छन् ।

उनी पुगेको कार्यालयका सोफा सेट नयाँ छन् ।

भित्तामा भर्खर चुना पोतेको गन्ध छ ।

कार्यालयको कोठा टिलिक्क टल्केको छ ।   

उनी आफू बसेको सोफाबाट उठे ।

फटाफट एक अधबैंशे ब्यक्ति उभिएको ठाँउ पुगे ।

हात तन्काउन लगाए ।

छाती फुलाउन लगाए ।

बाहुला २३ इन्च ।

छाती ३६ इन्च ।

कम्मर साँढे ३२ इन्च ।

उनले शरिरका अरु भाग पनि नापे ।

एउटा कागजको चिर्कटोमा टिपे ।

त्यसपछि जसको शरिर नापेको हो, उनैसँग उभिएर एउटा फोटो खिच्न लगाए ।  

उनी ह्न्, हाफिज मोहम्मद फुरकान अन्सारी ।

‘सुट प्यान्ट’ का सिलाई मास्टर अन्सारीले यसरी शरिरको नाप लिएका ब्यक्ति थिए, प्रदेश नं. ७ मा मुख्यमन्त्री त्रिलोचन भट्ट ।

कैलालीको धनगढीमा ३५ बर्ष अगाडिदेखि उनले मास्टरी काम गर्दै आएका थिए ।

भट्टले मुख्यमन्त्रीको सपथ तथा पदभार पूरानै सुट प्यान्ट लगाएर गरे ।

मुख्यमन्त्री भएपछि नयाँ लगाउन आफन्त तथा साथीभाईले उनलाई सुझाए ।

त्यसपछि उनले कार्यालयमा मास्टर झिकाएर आफ्नो शरिरको नाप दिए ।

मास्टर अन्सारीले नाप त लिए । तर, कपडा भने अन्सारीको पसलमा थिएन ।  उनले सिलाईको मात्र जिम्मा लिए । पछि कर्मचारीले मुख्यमन्त्रीको लागि कपडा पुर्राए ।

धनगढीमा टेलिकम टावरको छेउमा न्यू अन्सार टेर्लस छ ।

जहाँ उनले २०३६ सालदेखि उनले धनगढीमा टेर्लर मास्टर भएर काम गरिरहेका छन् ।

उनले शूरुदेखि नै पुरुषका लागि चिटिक्कका सुट, प्यान्ट र सर्ट सिलाई गर्दै आइरहेका छन् ।

१० जना कर्मचारी राखेका उनको टेलरबाट विभिन्न कार्यालयका कर्मचारीले सुट प्यान्ट अर्डर लिने गरेको बताए ।

३ सन्तान रहेका अन्सारीले यही पेशाबाट छोराछोरीलाई उच्च शिक्षा दिन सकेको बताए ।

उनकी जेठी छोरीले मुम्बईबाट एमबीए गरिन् ।

उनका छोरा फरहान अन्सारी दुई बर्ष दिल्लीमा अध्ययन सकाएर अहिले देहेरादुनबाट बिबिए गर्दैछन् ।

अर्की छोरी १२ मा पढ्दैछिन् ।

आफ्नो पेशाबाट सुविधासम्पन्न २ तले घर र छोराछोरीलाई राम्रो शिक्षा दिन पाएकोमा उनी खुसी छन् ।

र अहिले प्रदेश ७ को मुख्यमन्त्रीका लागि सुट प्यान्ट सिलाउन पाएकोमा पनि उनी दङ्ग छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप