बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहका लागि मिठाई पकाइरहेको ग्यास सिलिन्डर लिक भई भीषण आगलागी

शुक्रबार, ११ फागुन २०७४, १७ : २४
शुक्रबार, ११ फागुन २०७४

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका ६ मा विवाहका लागि मिठाई पकाउने क्रममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

गोनाही नगरपालिका ६ कर्कट कर्मैया टोलमा आगलागी हुँदा तत्कालीन कर्कट कर्मैया गाउँ विकास समितिका पूर्वअध्यक्ष इश्वरी यादवको घर जलेर नष्ट भएको हो ।

पूर्वअध्यक्ष यादवकी छोरीको तीन दिनपछि हुने विवाहका लागि मिठाई बनाइरहेका बेला एककासि ग्यास सिलिन्डर लिक भएर आगलागी भएको थियो ।  आगलागी लगत्तै आगो निभाउन खोज्दा यादवका छोरा गुञ्जेश्वरी यादवका दुवै हात जलेका छन् । उनको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कटहरिमा उपचार भैरहेको छ । 

आगलागी सुरु भएको केही समयपछि स्थानीयवासीले बल्दै गरेको सिलिन्डर नजिकको पोखरीमा फालेका थिए । त्यसलगत्तै स्थानीवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगालागीबाट २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप