शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुद्वारा आगजनी तथा तोडफोड

शुक्रबार, ११ फागुन २०७४, १८ : ००
शुक्रबार, ११ फागुन २०७४

कृष्ण ओली 
 

नेपालगन्ज । नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले कुर्सीहरुमा आगजनी तथा तोडफोड गरेका छन् । केही बर्षयता विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले शुक्रबार बिहान कलेजमा तोडफोड गर्नुका साथै लेखा शाखाका कुर्सीहरु समेत जलाएका हुन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का बाँकेका जिल्ला संयोजक सुरेन्द्र जंग शाह (जम्बो) ले आक्रोशित विद्यार्थीहरुले तोडफोडका साथै केही कुर्सीहरुमा आगजनी गरेको जानकारी दिए । विद्यार्थीहरुले तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्ष, पुस्तकालय, लेखा शाखामा केही क्षती पुगेको छ ।

नियमित पठनपाठन हुनुपर्ने, विज्ञान विषयको प्रयोगशाला र ई–लाइब्रेरी व्यवस्थित गरिनुपर्ने, विद्यार्थीको पोशाक अनिवार्य गरिनुपर्ने लगायतका मागहरु विद्यार्थीहरुले राखेका छन् ।  

विद्यार्थीहरुको प्रर्दशनका कारण क्याम्पस परिसर केहीबेर तनावग्रस्त समेत बनेको थियो । क्याम्पसमा क्रियाशिल विभिन्न विद्यार्थी संगठनहरुले सयुक्त रुपमा ११ बुँदे माग राख्दै सहायक क्याम्पस प्रमुख श्रीवास्तव अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

आफ्ना मागहरु ३ दिनभित्र क्याम्पस प्रशासनले पूरा नगरे कडा संघर्षका कार्यक्रमहरु गर्न बाध्य हुने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । विद्यार्थीहरुको आन्दोलनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन, नेपाल विद्यार्थी संघ, विप्लव निकट अखिल क्रान्तिकारी, अखिल छैटौं, नेकरावी संघले समेत एक्येबद्वता जनाएका छन् ।

आफ्ना मागहरु पूरा गर्न क्याम्पस प्रमुख र क्याम्पस प्रशासनले ध्यान नदिएको भन्दै उनीहरु विरुद्व विद्यार्थीहरुले नाराबाजी गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप