शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्तिका नेता शाह माओवादीमा फर्किए

शुक्रबार, ११ फागुन २०७४, २० : ३७
शुक्रबार, ११ फागुन २०७४

काठमाडौँ-  नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य जनक शाह आज माओवादी केन्द्रमा फर्किनु भएको छ । नेता शाहलाई अध्यक्ष प्रचण्डले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउनुभएको हो । 

उहाँले वाम एकताको प्रक्रिया शुरु भएपछि जनतामा नयाँ उत्साहको सञ्चार भएको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश नं ७ इन्चार्ज लेखराज भट्टलगायतको उपस्थिति थियो । नेता शाहसँगै कैलाली जिल्लामा क्रियाशील नयाँ शक्तिका दुई दर्जन नेता तथा कार्यकर्तासमेत माओवादी केन्द्र प्रवेश गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप