प्रधानमन्त्रीको भोज मोह : तीन दिनमा बालुवाटारमा दिए दुई भोज
शुक्रबार, ११ फागुन २०७४, २२ : ०५
काठमाडौं प्रधानमन्त्री केपी ओलीले पछिल्लो तीन दिनमा सरकारी निवासमा दुई वटा भोज दिएका छन् ।
पहिलो भोज उनले फागुन ८ गते दिए ।
एमाले र माओवादीवचि पार्टी एकताका लागि सहमति भएको खुसीमा उनले पार्टीका नेताहरु बोलाएर रात्रि भोज दिएका थिए ।
माअोवादी र एमालेवीच फागुन ७ गते सात बुँदे सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले दोस्रो भोज फागुन ११ गते दिए ।
आफ्नो जन्मदिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले रात्रिभोज दिएका हुन् ।
यस विषयमा प्रधानमन्त्रीको सचिवालबाट केही प्रतिक्रिया आएको छैन् ।
सरकारी निवासमा प्रधानमन्त्रीले दिने दिवाभोज, रात्रिभोज र अन्य खाजा खर्च सरकारी कोषबाट भुक्तानी हुने गर्दछ ।