गाली बेइज्जती मुद्दामा कान्तिपुरको जवाफः सुमार्गी सम्मानित व्यक्तित्व
काठमाडौं– कान्तिपुरले व्यापारी अजयराज सुमार्गी सम्मानित व्यक्तित्व भएको बताएको छ । सुमार्गीले काठमाडौं जिल्ला अदालतमा दायर गरेको गाली बेइज्जती मुद्दाको जवाफ दिँदै कान्तिपुरले सुमार्गी सम्मानित व्यक्ति भएको उल्लेख हो ।
यद्यपी उनका ‘सम्बन्धमा लागेका आरोप र आएका कुरा जस्ताको तस्तै जनता समक्ष समाचार माध्यमले ल्याउनु पत्रकारिताको धर्म भएको कान्तिपुरले उल्लेख गरेको छ ।
जवाफमा कान्तिपुरले कोही कसैलाई गाली बेइज्जती हुने गरी तथ्यलाई तोडमरोड गरी समाचार प्रकाशन तथा प्रकाशन नगरेको दावी समेत गरिएको छ । जवाफमा भनिएको छ, ‘प्रकाशित विभिन्न अंकका समाचारहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई राष्ट्र बैंकले अनुसन्धानका लागि पठाएको रिपोर्ट, विदेशबाट ल्याएको रुपैयाँको विवरण, उक्त रिपोर्टको आधारमा सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनहरूको आधारमा यथार्थ समाचार प्रकाशन गरेको हो।’
सुमार्गीले जग्गाबारे उठाएको विषय पनि मिथ्या भएको दाबी जवाफमा उल्लेख छ भने सुमार्गीद्वारा दायर गालीबेइज्जती मुद्दा खारेज गर्न समेत माग गरिएको छ।
सुमार्गीले कान्तिपुर पब्लिकेसन्स प्रालि, अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया र प्रधान सम्पादक सुधीर शर्मालाई विपक्षी बनाएर पुस २३ गते काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प
-
यी हुन् नेपाल–कतारबिच भएका सहमति र सम्झौताहरू (पूर्णपाठसहित)
-
रूद्रकली र खगेन्द्रप्रसाद जान पाएनन् कतार
-
गण्डकीको दोस्रो जित, कोशी प्रदेशको लगातार पाँचौँ हार