शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महानगरपालिकालाई नै थाहा छैन तिथिमिति

शनिबार, १२ फागुन २०७४, ०५ : ५३
शनिबार, १२ फागुन २०७४

काठमाडौं - काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने अन्तराष्ट्रिय महानगरपालिका र शहरको संख्या १४ पुगेको छ । 

तर यसको विस्तृत अभिलेख काठमाडौं महानगरपालिकासँग छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

तीमध्ये ४ वटा शहरसँग भएको सम्बन्धको अभिलेख छ भने, १० वटा संस्थासँग भएको सम्बन्ध बारेको कागजात हराइरहेको छ ।

पहिलोपटक यस्तो सम्बन्ध स्थापना गर्ने अमेरिकाको युजेन शहरसँग सम्बन्ध स्थापना भएको तिथिमितिसमेत काठमाडौं महानगरपालिकासँग छैन ।

समाचारमा लेखिएको छ, यसबारे महानगरपालिका अन्तराष्ट्रिय सम्बन्ध सचिवालयसँग समेत कुनै जानकारी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप