शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीद्धारा इटहरी अस्पतालको शिलान्यास

बुधबार, १६ फागुन २०७४, १८ : ५८
बुधबार, १६ फागुन २०७४

इटहरी । आगोले पोलेर घाइते भएकाहरुको उपचारको लागी इटहरीमा एकसय शैंयाको अस्पताल निर्माण हुने भएको छ । फेक्ट नेपाल नामक संस्थाको २० करोडको लागतमा निर्माण हुनलागेको अस्पतालको प्रदेश नं. एककामुख्यमन्त्री शेरधन राईले बुधबार शिलान्यास गदै अस्पताल निर्माणको प्रकृया शुरु हुने भएको हो ।

स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ सेवा प्रभाह गरिरहेको जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल (फेक्ट नेपाल) ले इटहरी १७ मा करिब २ बिगाह १६ कठ्ठामानिर्माण गर्न लागेको इटहरी अस्पतालको मुख्यमन्त्री राई सहित फेक्ट नेपालका सञ्चालक तथा हास्य कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले शिलान्यास गरेका थिए ।

अस्पतालमा आगोले पोलेका घाइतेको उपचारसँगै ओठ, तालु र जिब्रो चिरिएको उपचार, आङ खस्ने समस्या र प्रसव फिस्टुलाको उपचार पनि हुनेछ । साथै अस्पतालमा आकस्मिक दुर्घटना तथा आमा तथा शिशुको लागीबिशेष उपचार केन्द्र बनाउने बताइएको छ । पहिलो चरणमा ५० र दोस्रो चरणमा ५० गरी जम्मा सय शैया सुबिधा सहितको अस्पताल५ बर्ष भित्र निर्माण हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप