शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकै घरमा भेटियो नौ थान हतियार

शुक्रबार, १८ फागुन २०७४, १० : २१
शुक्रबार, १८ फागुन २०७४

जाजरकोट-यहाँको जनीचाँदे गाउँपालिका–११ कोताङमा प्रहरीले नौ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारीअनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११ कोर्तांग निवासी चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइ राखेको अवस्थामा भरुवा बन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुई नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरी तीन थान तथा गोली बरामद गरिएको हो । 

शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भावेस रिमालले बताए ।
उनका अनुसार प्रहरीले हतियारसँगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ । प्रहरीका अनुसार आठ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वट्टा, दुई केजी बारुद र जंगली जनावरको छाला तीन थान, सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ । 

शाहीका बाबुछोरा दुवैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजनाअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप