शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घुम्टेको काख मल्ममा होली मेला सम्पन्न

शनिबार, १९ फागुन २०७४, २१ : ०४
शनिबार, १९ फागुन २०७४

बागलुङ । बागलुङको पर्यटकिय शिर घुम्टेको काखमा होली मेला सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधी सभा बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेलले होली रङहरूको पर्व भएकोले एक आपसमा प्रेम र सद्भाव बाँडेर शान्त र सौहार्दपुर्ण वातावरण मनाउनु पर्ने बताए । 

पौडेलले अब जुनसुकै राजनैतिक दलमा आस्था राखे पनि अब कुरामा भन्दा काममा जोड दिँदैं राष्ट्रको समृद्विमा लाग्नु पर्ने बेला आएको बताए । 

बागलुङ जिल्लाको पहिलो कल्व घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको ३३ औं वार्षिकोत्सवको अवसरमा आयोजित मेलामा बोल्दै पौडेललले भनें यो संस्था जिल्लाकै पहिलो क्लव भएकोले सामाजिक कार्य तर्फ अग्रसर हुन आग्रह गरे । 

उनले घुम्टे युवा परिवारको खेलमैदानमा स्टेडियम र कर्वड हल निर्माण गर्ने प्रतिबदता समेत व्यत्त गरे । मेलामा आयोजित नयाँ संरचना अनुसारको खुल्ला वडा स्तरिय पुरूष भलिबल प्रतियोगितामा नगद रु ५० हजार हात पार्दै घुम्टे युवा परिवार आयोजक समुह ए प्रथम र रु ३० हजार हात पार्दै केसी निर्माण सेवा हरिचौर द्वितीय भएका छन् । 

सो अवसरमा खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, पुरुष तथा महिला रस्साकसी सककगै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । 

मेलामा चर्चित कलाकारहरु विष्णु खत्री, वसन्त थापा, जुना श्रीस राम खत्री लगायतको साँगितिक प्रस्तुति रहेको थियो । होली मेलाको अवसरमा गलकोट नगरपालिका भित्रका जेष्ठ नागरिक, सहयोगदाता, भुपु खेलाडीहरु, समाजसेवी, सफल व्यवसायी, कलाकार, पत्रकार, लगायतलाई अभिनन्दन समेत गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप