शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठेकेदारको लापरवाहीले यात्रुुलाई सास्ती

शनिबार, १९ फागुन २०७४, २१ : ३७
शनिबार, १९ फागुन २०७४

रौतहट ।  सडक निर्माण गर्न ठेक्का लिएका ठेकेदार कम्पनीको लापरवाहीका कारण दैनिक हजारौँ यात्रुुले सास्ती खेप्नुु परेको छ ।

कालोपत्रको लागी निर्माणाधिन झाँझपुुल कटहरिया सडकखण्डमा भत्काइएको बाटो समयमा निर्माण सम्पन्न नहुँदा धुुलोको कारण आवत जावत गर्ने यात्रुुले सास्ती खेप्नुु परेको हो ।

पुुरै बाटो धुुलामय हुुँदा उक्त बाटो भएर हिँड्नको स्वास्थ्य जोखिममा परेको छ भने कुनै चारपांग्रे गाडी हिँड्दा धुुलोको कारण बाटो न देखिएर दुुर्घटनाको जोखिम पनी त्यतिकै रहेको छ । 

कटहरिया नगरपालिका ७ फतेपुर गाँउ पुुर्व देखी साढे एक किलोमिटर कालोपत्रे निर्माणका लागी गिताजली आगाज कम्पनीले झण्डै दुुई करोड रुपैयाञ्ँमा ठेक्का लिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुुरले जनाएको छ ।

सर्त अनुुसार पुुरोनो बाटो भत्काई माटो पुुर्ने काम भएको छ । केही स्थानमा कल्भर्ट समेत निर्माण भएको छ ।

तर, बाटोमा पुुरिएको नयाँ माटो भएर गाडी ओहर दोहर गर्दा धुुलो उडेर यात्रुुका साथै स्थानिय समेत हैरान भएका ेस्थानीय शम्भुु साहले बताए ।

‘दैनिक पत्रिका ल्याउन गरुडा जानुुपर्दछ । बिहान गएर मात्र एकपटक आउदा पुुरै कपडा र जिउ धुुलामय हुन्छ,’ उनले गुनासो गरे ।

स्थानिय समाजशेवी एवं कटहरिया नगरपालिकाका मेयरका प्रत्यासी योगेन्द्र साहले झाँझपुर कटहरिया सडकखण्डको फतेपुुर भएर आउने मानिसको श्वासप्रश्वाससम्बन्धि रोग लाग्ने र आँखा समेत बिग्रीने अवस्था रहेको बताए ।

बाटो निर्माणका ठेक्का लिएका ठेकेदार रामशागर राउतलाई निर्माणाधिन बाटोमा पानी हाल्न पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरिरहेको साहले गुुनासो गरेका छन् ।

ठेकदार रामशागर राउतसँग समस्या बारे कुुरा गर्दा होलीको कारण ढिलो हुन गएपनि भोलीदेखि कटहरिया झाँझपुल सडकखण्डमा पानी हाल्ने बताए ।

सडक डिभिजनका साईड ईन्जिनियर श्याम नारायण मिश्राले उक्त बाटोमा पानी हाल्न पटक–पटक आफूले ठेकदारलाई तकेता गरेकोे बताए ।

भोलिदेखि पानी नहालेमा ठेकेदार कम्पनी उपर कारवाहीको प्रकृया बढाउने ईन्जिनियर झा ले चेतावनी दिए ।

कटहरिया नगरपालिका मात्र नभई बाराबाट समेत गरुडा, गौर, चन्द्रनिगाहपुर,जनकपुर,आवत जावत मुुख्य बाटोको रुपमा झाँझपुल
कटहरियाको बाटो रहेको छ । 

उक्त बाटो भएर दैनिक सैयौँ सवारी साधन ओहरदोहर गर्ने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप