बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँका प्रहरी प्रमुख उमेशराज जोशी सम्मानित

मङ्गलबार, २२ फागुन २०७४, ०९ : ५४
मङ्गलबार, २२ फागुन २०७४

किरण श्रेष्ठ 

तनहुँ ।   जिल्लामा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निभाएकोमा तनहुँका व्यवसायीले तनहुँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीलाई सम्मान गरेका छन्। 

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले सोमबार एसपी जोशीलाई सम्मान गरेको हो। 

केहि समय अगाडि दमौलि बजारस्थित भुपाल हाडवयरका प्रोप्राइटर भुपाल आलेलाइ अपरिचित ब्यक्तिबाट टेलिफोन गरि १५ लाख रूपयाँ फिरौति माग्दै नदिएमा जे पनि हुन सक्ने धम्की, घर अगाडि राखेको गाडीको सिसा फुटाउने र बम हानी ध्वस्त पार्ने सम्मको धम्की दिएको थियो ।

सोही धम्कीका बारेमा आलेले तनहुँका प्रहरी प्रमुख उमेशराज जोशीलाई जानकारी गराएका थिए । सो घटनालाई जोशीले फिरौति माग्नेलाई पक्राउ गर्न फिल्मी शैलीमा योजना बनाएका थिए । 

त्यस लगत्तै फिरौती माग्नेलार्इ आलेले फोन गरे र शान्तिनगरको झलुङ्गे पुलमा पैसा लिएर आउने बताए । उक्त स्थानमा सादा पोसाकमा प्रहरीहरू बाक्लो संख्यामा प्रहरी प्रमुख जोशीले तैनाथ गराएका थिए ।

आलेले पुलमा छाडेको पैसाको झोला रातीको समयमा लिएर भाग्न खोज्दा सादा पोसाकका प्रहरीले आलेलार्इ पक्राउ गरेको थियोे । पक्राउ परेका आलेले जिल्ला प्रहरी कार्यालयमा ल्याइ सोधपुछ गर्दा घटना स्वीकारेका थिए । 

फिरौति माग्ने रिसिङ गाउँपालिका वडा नम्बर १ झापुटारका २६ वर्षीय तिल बहादुर सारू हुन् । हाल ऊनी माथि अपहरण गरी शरीर बन्धक लिने मुद्दा चलिरहेको छ । 

यसरी व्यापारीहरूमा धम्की दिने, डर देखाउने र समाजमा अशान्ति फैलाउने गुण्दागर्दी गर्ने गिरोहहरूलार्इ पक्राउ गर्न सफल भएको र जिल्लामा अन्य गतिविधिमा शान्ति सुरक्षा कायम गराएको भन्दै सोमबार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख लाई सम्मान गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप