बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहै नगरी बनेकी थिइन् आमा, ४९ वर्षमा लगनगाँठो कस्ने यी नायिका

मङ्गलबार, २० असार २०७४, ११ : १९
मङ्गलबार, २० असार २०७४

बलिउडमा करियरको उचाईमा पुगेका नायिका विवाह गर्न पनि डराउने बेलामा नायिका नीना गुप्ताले विवाह नै नगरी आमा बन्ने निर्णय लिएर सबैलाई अचम्मित बनाइदिए । आज ५८ वर्षको उमेरमा पनि निना आफ्नो उक्त निर्णयमा गर्व गर्छिन् । सन् १९५९ जुलाई ४ मा दिल्लीमा जन्मिएकी नीना संस्कृत भाषामा मास्टर्स गरेकी छिन् र यसै भाषामा उनले एमफिल पनि गरिसकेकी छिन् ।

निना गुप्ताले टेलिश्रृङ्खला ‘खानदान’ मार्फत सानो पर्दाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् । उनले यसैमार्फत सफलता हाँसिल गरेर बलिउडसम्मको यात्रा तय गर्न पुगिन् ।

तर निनाको त्यतिबेला चर्चा भयो जब उनको अफेयर वेस्ट इन्डिजका क्रिकेटर भिभियन रिचर्ड्ससँग सुरु भयो र त्यसपछि विवाह नै नगरी छोरीकी आमा बनिन् ।

जब रिचर्डले निनालाई भेटे तब त्यतिबेला उनी दुई सन्तानका पिता थिए र आफ्नी श्रीमतीसँग अलग्गिएर बसेको बताइन्छ । तर श्रीमतीसँग छुट्टिइसकेपछि पनि उनले निनासँग विवाह गरेनन् ।

निना गुप्ताकी छोरी मशाबा एक चर्चित फेशन डिजाइनर हुन् । निनाले आफ्नी छोरीलाई कहिले पनि पिताबाट टाढा राख्ने कोसिस गरिनन् । विशेष मौकामा मशाबा आफ्ना पितालाई भेट्ने गर्छिन् र दुबैबिच निकै राम्रो सम्बन्ध छ ।

टेलिभिजन सिरियल सांसबाट निना गुप्ताले इन्डियन टेलिभिजनमा एक नयाँ कहानीको सुरुवात गरिन् । श्रीमानले धोका दिएकी एक महिलाको भूमिकामा निनाले उत्कृष्ट अभिनय गरेकी थिइन् ।

नायक राजेन्द्र गुप्तासँग मिलेर निना गुप्ता आफ्नो एक थिएटर ग्रुप पनि चलाउँछिन् जसका नाम सहज प्रोडक्शन हो ।

छोरीको हेरचाहका लागि निनाले विवाह गरेकी थिइनन् तर ४९ वर्षको उमेरमा उनले जीवनसाथीको रुपमा विवेक मेहरा पाइन् र दुबैले सन् २००८ मा विवाह गरे ।

निना धेरैजसो सोसल मिडियामा आफ्ना पुराना साथी र सह–कलाकारसँगको फोटो सेयर गर्ने गर्दछिन् ।

नेशनल अवार्ड विजेता निना गुप्तालाई उनको फिल्म गान्धी, मन्डी, कस्टडी, कटन, मेरी र खलनायकजस्ता फिल्मका साथै टेलिभिजन सिरियल खानदान, मिर्जा गालिब, सांस, लेडिज स्पेशल, भार एक खोजजस्ता चर्चित कार्यक्रमका लागि सधैं याद गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप