शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुजुकीको लिमिटेड एडिक्सन सिलेरियो एक्स बजारमा

बुधबार, ३० फागुन २०७४, १० : ५४
बुधबार, ३० फागुन २०७४

काठमाडौँ । सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्ग को अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटि र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ ।

सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दाया वाया भाग, पछाडीको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरणले गाडी अत्यन्त प्रभावशाली भएको कम्पनीको दाबी रहेको छ ।

ग्रिल, फोग गार्निस, क्लाड, रुफ गार्निस एण्ड इन्टेरियर मा लगाएको अत्यन्त चमकदार कालो आवरणले सुरुवातमै गाडी अत्यन्त स्टाइलिस देखिन्छ । नदेखिने बि–पिलर यसको अर्को ट्रेन्डि विशेषता हो ।
 
सिलेरियोले आपूmलाई पूर्ण फेमिली कारको रुपमा नेपाली बजारमा स्थापित गरेको छ । सिलेरियो एक्स सँगै सुजुकीले अत्यन्त रुचाइएको यो मोडल, नेपाली बजारको चाहना अनुरुप अझ स्टाइलिस अनि स्र्पोटि बनाउदै लग्ने लक्ष्य राखेको छ ।

सिलेरियो एक्स सम्पूर्ण नयाँ पप्रिका ओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक व्हाइट, ग्लिसनिङ ग्रे, क्याफिन ब्राउन र टर्क ब्लयु मध्यबाट रोज्न सक्नेछन् ।

सम्पूर्ण कालो इन्टेरियरमा सेतो रंगको परिष्वृmत समयोजनले गाडीको इन्टेरियर अझ स्र्पोटी देखिने कम्पनीले जनाएको छ । यसमा इन्टेरियर र एक्सटेरियरको सुक्ष्म तर बेजोडको रंग समिश्रण झल्किन्छ । कालो रंगको सिटमा सुन्तला रंगको समयोजनले गाडीको स्र्पोटि लुक्स लाई थप निखार दिएको छ ।

सिलेरियो एक्स नेपालमा डुयल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ । अडियो माउन्टेड कन्ट्रोल सहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढ लगायतका विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउँछ । 

शक्तिशाली के. नेक्सट इन्जिन युक्त यो गाडीले अत्याधिक २३.१ किलोमिटर प्रति लिटरको माइलेज दिने दाबी गरिएको छ । यो गाडी २६,९९,००० रुपैयाँमा बजारमा उपलब्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप