बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निलुको अन्तेष्टिमा सेलिब्रेटीको खडेरी (फोटोफिचर)

मङ्गलबार, २० असार २०७४, १६ : ०९
मङ्गलबार, २० असार २०७४


काठमाडौं –गत शनिबार निधन भएकी निर्देशक निलु डोमा शेर्पाको  पार्थिव शरिर आज (मंगलबार) अन्त्येष्टी गरिएको छ । बौद्ध परम्परा अनुसार उनको स्वयम्भुमा रहेको ‘स्वयम्भु आर्यघाट’ अन्तिम संस्कार गरिएको हो । 


अन्तिम संस्कार अगाडि उनको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि स्वयम्भु आर्यघाटमा राखिएको थियो । ११ बजेर पैतिस देखि पौने १ बजेसम्म उनको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।


अभिनेत्री निशा अधिकारी, रेखा थापा, दीपाश्री निरौला, निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, गोबिन्द राई, माधव वाग्ले लगायत पुगेका थिए । अन्तिम श्रद्धान्जली कार्यक्रममा कलाकर्मी भन्दा रंगपत्रकारकै बाक्लो उपस्थिती देखियो ।


निलुको मृत्यको समाचार सार्वजनिक भएपछि सामाजिक संजालमा ठुलाठुला तस्बिर शेयर गर्दै श्रद्धान्जली दिने सेलिब्रेटी देखि कलाक्षेत्रका  बिभिन्न संघसंस्थाको नेतृत्व गर्ने ब्यक्तिहरुको श्रद्धान्जली कार्यक्रममा खडेरी देखियो । 


आफ्नै घरमा शनिबार मृत भेटिएकी निलुको आमा अष्ट्रेलियाबाट फर्किएपछि मात्र अन्तिम संस्कार पुरा गर्ने भनिएको थियो । सोहि अनुरुप आज अन्त्येष्टी कार्यक्रम राखिएको हो । 

निलुको गतबर्ष चलचित्र ‘हाउ फन्नी’ प्रदर्शनमा आएको थियो । त्यसपछि उनको कुनै चलचित्र आएको छैन । उनी अर्काे चलचित्र ‘मिथ्या’ निर्देशन तयारीमा थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप