शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई मन्त्री दुलालले भने – सरकारलाई सहयोग नगर्ने भए जागिर छाडे हुन्छ*

शुक्रबार, ०२ चैत २०७४, १३ : ३३
शुक्रबार, ०२ चैत २०७४

हेटौँडा–प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमलाई सहयोग नगर्ने मानसिकता भएका कर्मचारीहरुलाई जागिर छोड्नको लागि चेतावनी  दिएका छन् ।
मकवानपुर महिला समूहले आज हेटौँडामा गरेको संघीयता लैङ्गिक उत्तरदायित्व सेवा प्रवाह विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री दुलालले सरकारलाई असफल पार्ने मानसिकता बोकेकाहरुले अव कुनै स्थान नपाउने चेतावनी दिएका हुन् ।
जनप्रतिनिधिहरुले कानुन निर्माण गर्ने, उनीहरु कानुनको निर्मता रहेको भन्दै मन्त्री दुलालले न्यायपालिकाले पनि राज्यको नीति, राज्यले लिएको अग्रगमनको पक्षलाई स्विकार गर्दै सहयोग गर्नुपर्ने बताए ।
 राजनीति गर्ने कार्यकर्ताहरुले समृद्धिको लागि आफ्नो आन्दोलन पुरा गर्दै देशलाई गणतन्त्र, संघियता सबै दिईसकेको र त्यो लागुको चरणमा रहेको भन्दै अव कर्मचारीहरुले उक्त लागु भएको कुरालाई संस्थागत गर्न सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो ।
दुलालले समाजमा लैङ्गिक विभेद गर्नेलाई कडा भन्दा कडा सजाय हुनेगरी आफूहरु कानुन निर्माणको चरणमा रहेको भन्दै अव जनप्रतिनिधिहरुले न्याय सम्पादन गर्दा कसैको डर र धम्की सहन नपर्ने उनको भनाई रहेको छ । 
उनले भने, ‘तपाई जनप्रतिनिधिहरु निर्धक्क भएर न्यायको पक्षमा लाग्नुस्, तपाई सबैभन्दा ठुलो न्यायधिस हो, तपाई कानुनको निर्माता पनि हो, सबैले महशुस गर्नेगरि न्याय सम्पादन गर्ने तपाईहरुको भूमिका पनि हो ।’
जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले महिला जनप्रतिनिधिलाई काम गर्ने वातावरण अझै सहज भैनसकेको बताइन् । 
महिला जनप्रतिनिधिहरुको समस्यालाई वडा अध्यक्ष, स्थानीय सरकारका प्रमुख हरुले बुझनु पर्ने उनको भनाई रहेको छ । महिलालाई काम गर्ने वातावरण निर्माण गर्न समाज तथा परिवार समेत सचेत हुनुपर्नेमा उनले जोड दिइन् ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले प्रत्येक गाउँपालिकाले महिलामैत्री कानुन निर्माण गर्दै कार्यन्वयन तहमा लैजानुपर्ने बताए । अब लैङ्गिक विभेदको विषयलाई अन्त्य प्रत्येक गाउँपालिका, नगरपालिकाले महत्वपूर्ण विषय बनाउँदै यसलाई अन्त्य गर्ने खालका कानुन निर्माण गर्ने, विभेद गर्नेलाई कारबाही गर्ने, विभेद कम गर्नको लागि विभिन्न चेतनामुलक कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य प्रताप विष्ट, मकवानपुर अध्यक्ष हरि हुँमगाई, मनहरी गाउँपालिका अध्यक्ष एकाराज उप्रेती लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश नंबर २ र ३ का महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रम मकवानपुर महिला समुहकी अध्यक्ष इश्वरी वाँनीयाको अध्यक्षतामा भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप