चर्को शुल्क रोक्न शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाइयो
बुधबार, ०७ चैत २०७४, १९ : ४८
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज नेकपा क्रान्तिकारी–माओवादी निकट अनेरास्ववियूले शिक्षामा देखिएका विकृति हटाउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्री पोखरेललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले निजी शैक्षिक संस्थाले मनपरी ढंगबाट लिँदै आएको शुल्क तत्काल रोक्नुपर्ने माग गरे ।
समानता, सर्वसुलभ र वैज्ञानिक शुल्क कायम गर्ने चर्को शुल्क र असान्र्दभिकता शीर्षकमा लिइने शुल्क नियन्त्रण गर्न पनि माग गरिएको छ । मन्त्री पोखरेलले मागबारे आफू सकारात्मक रहेको विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै