शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागलुङमा भोलिदेखि चैत्राष्टमी मेला

बिहीबार, ०८ चैत २०७४, ०९ : २५
बिहीबार, ०८ चैत २०७४

बागलुङ - चैत्राष्टमीको अवसर पारेर आयोजना गरिएको ऐतिहासिक चैत्राष्टमी मेला २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । 

यहि चैत्र ९ देखी १३ गतेसम्म कालिका भगवती मन्दिर परिसरमा आयोजना हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक कालिका भगवती गुठी ब्यबस्थापन समितीले जनाएको छ । 

मेलाका लागि आवश्यक पर्ने स्टल तथा मञ्च निर्माण, प्रचार–प्रसार, कालिका मन्दिर परिसरमा रंगरोगन लगायतका काम अन्तिम चरणमा पुगेको गुठीका अध्यक्ष राजु खड्काले बताए ।

मेलाको अवसरमा लोकदोहोरी गीत, खुल्ला कालिका कप पुरुष भलिबल, खुल्ला टि–ट्वान्टी क्रिकेट, खुल्ला छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ । 

मेलामा रथयात्रा तथा नेपालका चर्चित कलाकारको सांगीतिक कार्यक्रम र रमाईंलो बालउद्यानको समेत रहेको खड्काले जानकारी दिए । 

बागलुङको धार्मिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको मेला नाफामुखी भन्दा पनि सेवामुखी हुने आयोजकले जनाएको छ ।

-थम्मन थापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप