बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेत्र विशेषज्ञको सुझाव :  विद्यालय भर्नाअघि बालबालिकाको अनिवार्य आँखा जाँच गरौं’

बिहीबार, ०८ चैत २०७४, १२ : ३८
बिहीबार, ०८ चैत २०७४

काठमाडौं– बालाबालिकालाई विद्यालय भर्ना गर्नुभन्दा पहिला एकपटक अनिवार्य रुपमा आखाँ परीक्षण गर्दा राम्रो हुने नेत्र विशेषज्ञहरुले बताएका छन् । आँखा विशेषज्ञ पासाङ दोर्जे शेर्पाका अनुसार विद्यालय भर्ना गर्ने समय भएका बालबालिकाको आखाँ जाँच गरेरमात्रै भर्ना गर्नु राम्रो हुनेछ ।

शेर्पा भन्छन् ,बालबालिकाको आखाँको भिजन अर्थात दृष्टि परीक्षण गराउँदा राम्रो हुन्छ । ’ 

जसका कारण बालबालिकाको आखाँको दृष्टि कति छ भन्ने थाहा हुन्छ । आखाँ परीक्षण नगर्दा टाउको दुख्ने,राम्रोसँग अक्षर नदेख्ने,टाढा र नजिकको अक्षर नदेख्ने जस्ता समस्याहरु बालबालिकामा हुनेहुँदा

बालबालिकाले अध्ययनमा खासै चासो दिदैनन् ।

पासाङ दोर्जे शेर्पा

‘समस्या भएपनि बालबालिकाले अबिभावकलाई भन्न सक्दैनन् र अविभावकले पनि खासै चासो दिदैनन् । त्यसैले अनिवार्य आखाँ परिक्षण गरे समस्या भएनभएको जानकारी हुन्छ र उपचार गर्न पनि सहज हुन्छ’ शेर्पा भन्छन् –‘विशेषत बालबालिकाको आखाँमा डेरो हेर्ने समस्या हुन्छ । यस्ता समस्या सानै उमेरमा पहिचानगरी उपचार गर्न सकेको खण्डमा निको हुन्छ । तर बालबालीकाको उमेर बढ्दै जाँदा निको हुने सम्भावना कम छ ।’
आँखालाई स्वास्थ्य राख्न यसो गर्नुस्
विशेषज्ञ शेर्पाका अनुसार आँखालाई स्वस्थ राख्न मुख्यगरी सरसफाईमा ध्यान दिनु पर्छ ।  खानपानमा हरियो सागसब्जी,गेडागुडी,झोलीलो कुरा खानुपर्छ । दाल ,माछा मासु सेवनले आँखालाई मात्रै होईन शारिरिक रुपमै स्वस्थ राख्न मदत गर्छ । यस्तै आफ्नै करेसाबारीमा पाँउने, सिस्नु ,पालुङ्गो ,पिडालुको पात खाँदा आखाँका लागि झनै राम्रो मानिन्छ । 
 

आँखाको परीक्षण 
विशेषज्ञहरुका अनुसार आँखालाइ स्वस्थ राख्न प्रत्येक ६÷६ महिनामा परीक्षण गर्नु राम्रो हुन्छ । यदि ६ महिनामा नसके वर्षमा एक पटक परीक्षण गर्नुपर्छ । आँखामा समस्या आउदा मात्रै नभई अरु रोग लाग्दा समेत आँखामा समस्या हुने भएकाले नियमित आँखा परीक्षण गर्नुपर्ने उनीहरुको सुझाव छ ।

क्लोस्टोर बढी,जोर्नीमा समस्या, क्षयरो, भिटामिन ए जस्ता त्त्वको कमिका कारण पनि आँखामा समस्या हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप