शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पाकेटमार श्रीमान्’ छुटाउन श्रीमती ३ लाख घुस बाेकेर पुगेपछि

बिहीबार, ०८ चैत २०७४, १४ : ०८
बिहीबार, ०८ चैत २०७४

काठमाडौं–सार्वजनिक गाडीमा पाकेटमारी गरिहेको अवस्थामा पक्राउ गरेको श्रीमानलाई छुटाउन प्रहरीलाई घुस खुवाउन खोज्ने ‘पाकेमार पत्नी’ समेत पक्राउ परेकी छिन् ।

बुधबार कोटेश्वरबाट गौशाला जाँदै गरेको सार्वजनिक गाडीमा यात्रा गरिहेका सरोज कार्कीले आफ्नो साथमा ७५ हजार बोकेका थिए ।

‘आले’ भन्ने विवेक लामाले काभ्रेको धुलिखेल स्थायी घर भएका सरोजको गोजीमा हात हालेर उक्त रकम निकाल्दै गर्दै सादा पोशाकमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । तर, ललितपुरको ग्वार्को बस्दै आएका विवेकमाथि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

प्रारम्भिक अनुसन्धान चलिरहेको बेला विवेककी श्रीमती शर्मिला लामाले आफ्नो ‘पाकेटमार श्रीमान्’ छुटाउन अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीलाई ३ लाख भन्दा बढी घुस रकमको  प्रस्ताव गरिन् ।

‘यसरी प्रहरी कर्मचारीलाई घुस रकम दिन खोज्ने शर्मिला तामाङलाई उनले दिन ल्याएको रकम सहित नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘उनको साथबाट ३ लाख २४ हजार बरामद भएको छ, आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

शर्मिलाले आर्थिक प्रलोभन देखाएर अनुसन्धान प्रभावित बनाइ पति छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरेर फसाउने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको बताइएको छ ।

 ‘आले’ समूहले आ–आफ्नो काम छुट्याएर सार्वजनिक यातायातमा यात्रारत यात्रुहरुलाई घचेटेर हुलदंगा गर्र्दै योजनाबद्ध पाकेटमारी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 पाकेटमारी गर्ने क्रममा पिडितले थाहा पाएमा रकम भुँइमा फालेर पुनः पीडितलाई ‘तपाईको पैसा झरेको रहेछ’ भनि फिर्ता दिने उनीहरुको ‘ट्याक्टिस’ रहेको बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप