बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार राष्ट्रहित विपरित चले प्रतिवाद गर्ने कमल थापाको चेतावनी

बिहीबार, ०८ चैत २०७४, १६ : १३
बिहीबार, ०८ चैत २०७४

काभ्रे– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रिय हित प्रतिकूल चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन समेत बाध्य हुने बताए । उनले आफ्नो पार्टी मुलुकको बैकल्पिक शक्ति भएको दावी गर्दै सोही अनुसार सशक्त र गतिशील भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

विहिबार काभ्रेको धुलिखेलमा सुरु भएको पार्टीको उच्चस्तरीय अनुशिक्षण कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष थापाले निर्वाचनमा पराजित भएपनि निराश नभई उच्च मनोवलका साथ देश र जनताको सेवामा लागिपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष थापाले केही वर्ष भित्रै पार्टीलाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गराउने दावी समेत गरे ।

उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर पार्टीलाई ५ वर्ष भित्र अग्रणी शक्तिको रुपमा स्थापित गराउने गरी अभियान नै संचालन गर्ने योजना अघि सारे ।

अध्यक्ष थापाले गणतन्त्रको नाममा मुलुकमा राष्ट्रिय एकता संकटमा परेको भन्दै चिन्ता पनि व्यक्त गरे । 

२ दिनसम्म चल्ने अनुशिक्षण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय पदाधिकारी, केन्द्रिय कार्य सम्पादन समितिका सदस्यहरु र पार्टीका भातृ संगठनका प्रमुखहरु सहभागी भएका छन् ।

अनुशिक्षण कार्यक्रममा निर्वाचनमा हार व्यहोर्नुपर्नाको कारणको खोजी गर्दै पार्टीको भावी रणनीति तय गर्ने पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप