बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केही समयअघि अपहरणमुक्त भएका ७६ छात्राबारे बोल्यो नाइजेरिया सरकार

बिहीबार, ०८ चैत २०७४, १६ : २९
बिहीबार, ०८ चैत २०७४

एजेन्सी– नाइजेरियामा केही समयअघि यहाँको आतंककारी समूह बोको हरामले अपहरण गरेका छात्रामध्ये ७६ जनालाई उक्त समूहले विनाशर्त मुक्त गरेको यहाँका एकजना मन्त्रीले स्पष्ट पारेका छन् ।  उनीहरु के कसरी मुक्त भए भन्ने बारेमा भएको व्यापक खोजीपछि यहाँका सूचना तथा संस्कृति मन्त्री अल्हाजी मोहम्मदले बिहीबार सो जानकारी दिएका हुन् । 

गत महिना बोको हरामको अपहरणमा परेका ११० छात्रामध्ये ७६ जना बुधबार मुक्त भएको कुरा सरकारले बुधबार पुष्टि गरेको थियो ।  नाइजेरियाली उत्तरी सहर दाप्चीबाट अपहरणमा परेका उनीहरुलाई बुधबार सोही नगरमा ल्याइदिएका बताइएको छ । 

सूचना तथा संस्कृतिमन्त्री मोहम्मदले अपहरित छात्राहरूको रिहाइका लागि सरकारले केही व्यक्तिको सहयोग लिएको तर उनीहरुको सहयोगमा विनाशर्त मुक्त गरिएको जानकारी दिए ।  समाचारमा उनीहरुलाई बोको हरामले नै पहिलेको स्थानमा ल्याएर छोडिदिएको भनी आएपछि यस विषयमा व्यापक मात्रामा चासो बढेको छ । 

सरकारकै प्रतिनिधिहरुले पनि उनीहरुलाई कुन शर्तमा बोको हरामले मुक्तगरी घरैमा ल्याइदिएका हुन् भनी खोजेका थिए । यसले गर्दा सरकारले स्पष्टिकरण दिनुपरेको हो ।  बुधबार रिहा भएका सबै किशोरी अहिले सुरक्षित तथा आफ्ना घर परिवारसँगै रहेका बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप