दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश
बिहीबार, ०८ चैत २०७४, २१ : ०३
सोल- दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गरेका लीलाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न आदेश गरेको हो । उनीमाथि लागेका भ्रष्टाचार आरोपहरू सवैमा आफ्नो कुनै सम्लग्नता नरहेको जनाएपछि अदालतको उक्त आदेश आएको हो ।
लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नस्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर