शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिजो अचानक किन भएको थियो लोडसोडिङ ?

शुक्रबार, ०९ चैत २०७४, ०९ : ४३
शुक्रबार, ०९ चैत २०७४

काठमाडौं -उर्जामन्त्री बर्षमान पुनले एसइई हिजो परीक्षाभर कहि पनि लोडसेडिङ नहुँने व्यवस्था मिलाउन विद्युत प्राधिकरणका प्रमुखलाई निर्देशन दिए । 

तर, हिजो साँझ भने अचानक केही ठाँउमा लोडसेडिङको समस्या देखियो ।

अचानक लोडसेडिङ समस्या देखिएपछि उर्जा मन्त्री पुनले प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङसँग जानकारी मागेका थिए ।

मन्त्रीको सचिवालयका अनुसार कुलमानले खिम्तीको लोड सेन्टरमा समस्या आएपछि आधा घण्टा र ढल्केवरमा हावाहुरीले गर्दा लाइन सट भएपछि एक घण्टा समस्या भएको जानकारी दिएका थिए ।  

समस्या समाधानको लागी राति अवेरसम्म घिसिङ आफै पनि खटेका थिए । 

उर्जामन्त्रीज्युको निर्देशनबमोजिम आज उहाले भ्याली भित्रका सबै प्रमुखहरुलाई बोलाएर थप समस्या आउन नदिन् छलफल गर्ने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप