शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफिसमा के गर्ने के नगर्ने ?

शुक्रबार, ०९ चैत २०७४, १२ : ५६
शुक्रबार, ०९ चैत २०७४

अफिसमा लाखौँ मानिस काम गर्छन् । हरेक टिममा फरक–फरक प्रकृतिका मानिस हुन्छन् । त्यसैले उनीहरूको काम गर्ने आचरण र तरिका पनि स्वाभाविक रूपमा फरक हुन्छ । कतिपय आफ्नो मुख्य काममा ध्यानपूर्वक लाग्छन् भने कति कामबाहेक अरू कुरामै ध्यान दिन्छन् । यस्ता प्रवृत्तिका मानिसले अफिसमा राजनीति पनि गरिरहेका हुन्छन् । तर, तपाईंले आफ्नो कामलाई पूर्णतः निभाउनुभयो भने थुप्रै समस्याबाट बच्न सक्नुहुन्छ र आफ्नो करिअरलाई पनि सानदार तरिकाले अगाडि बढाउन सक्नुहुन्छ ।

खासखुस
कैयौँ मानिसको आचरण एकलाई अर्काको कुरा लगाउने र द्वन्द्व सिर्जना गर्ने हुन्छ । उसलाई लाग्छ कि यस्तो व्यवहारले अरूलाई खराब साबित गर्न सकिन्छ । तर, बिस्तारै यस्तो व्यवहार देखाउने मानिस नै खराब प्रमाणित हुँदै जान्छ । त्यसैले अफिसमा भुलेर पनि यस्तो काम नगर्नुस् । यस्तो कार्यले तपाईं नैतिक पतनको धरातलमा पुग्नुहुन्छ ।

मानिससँग साँठगाँठ
अफिसमा एकथरी मानिस यस्ता हुन्छन्, जसको काम मालिकलाई कुरा लगाउने मात्र हो । यस्ता मानिस मालिकको जासुसजस्ता बन्छन् । जुन करिअर बनाउनेहरूका लागि राम्रो कार्य होइन । यस्तो प्रवृत्तिले ब्याकफायर हुने सम्भावना बढी हुन्छ । जसले गर्दा स्वयं व्यक्ति नै मालिकको नजरमा अविश्वासी बन्न सक्छ । जसमा क्षमता हुँदैन, त्यस्ता मानिसले प्रायः यस्तो गतिविधि गर्छन् । उनीहरूले सोच्छन् कि मालिकलाई कुरा लगाएर आफूचाहिँ बच्न सक्छु ।

आत्मविश्वासका साथ काम गर्नुस्
यदि तपाईंलाई राम्रोसँग काम आउँछ र पूरा गर्नुहुन्छ भने कहिल्यै इमेज बिग्रँदैन । हरेक मालिकलाई जानकारी हुन्छ कि ‘को कस्तो हो र यसले कस्तो काम गरिरहेको छ ?’ त्यसैले अफिसको राजनीतिमा भाग लिनुको सट्टा काममा ध्यान दिनुस् । र, सधैँ आत्मविश्वासका साथ काम गर्नुस् । तब मात्र तपाईंले जुनसुकै कुराको सटिक तर तर्कपूर्ण जवाफ दिन सक्नुहुन्छ ।

टाढा राख्नुस्
यदि तपाईं कुनै नयाँ मानिससँग सहकार्य गर्दै हुनुहुन्छ भने यो पत्ता लगाउन मुस्किल हुन्छ कि ऊ कस्तो प्रवृत्तिको मानिस हो । त्यसैले सबैको अगाडि आफ्नो पूरा बानी र विगतका गतिविधिबारे जानकारी नदिनुस् । त्यसैले पहिला व्यक्तिको स्वभावबारे पहिचान गर्नुस् र सहकार्यको हात बढाउनुस् । यदि कसैको इमेज खराब गर्ने प्रवृत्तिको छ भने ऊसँग टाढा हुनुहोस् । त्यस्ता मानिससँग कामको कुरा मात्र गर्नुस् ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप