मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा फाईबर ईन्टरनेटले फड्को मार्दै

शुक्रबार, ०९ चैत २०७४, १५ : १०
शुक्रबार, ०९ चैत २०७४

बागलुङ– बागलुङका ग्रामिण क्षेत्रमा फाइबर इन्टरनेट प्रयोगकर्ता बढ्दै गएका छन् । गलकोट नगरपालिका ७ मल्मका डम्मर केसीले वि.स २०७० सालबाट गलकोटमा ईन्टरनेटको पहुँच पुर्याएका हुन् । स्वदेशमै केहि ईलम सुरु गर्न गलकोट लिङ्क प्रालि ईन्टरनेट सेवा दर्ता गरेर व्यवसाय सुरु गरेका थिए ।

केसीले सुरुमा एक्लै ७० लाखको लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मासिक १ लाख ५० हजार भन्दा बढी आम्दानी गरिरहेका छन् । 

सुरुमा गलकोट नगरपालिकाको ग्रामिण क्षेत्रबाट विस्तार गरेको यो व्यवसायलाई बागलुङ बजार, पर्वत र म्याग्दी सम्म पुराएको बताए । 
भौगोलिक विकटता, धेरै खर्च र अनेकौं चुनौतिलाई चिर्दै अप्टिकल फाईबर मार्फत ईन्टरनेट सेवा प्रदायकको रुपमा गलकोट लिङ्क प्रालिबाट ग्रामीण भेगका विद्यालय, संघ, संस्था, वित्तिय संस्था र व्यक्तिले सेवा लिइरहेका छन् ।

फाईबरमार्फत घर घरमा राम्रो ईन्टरनेट सुविधा पाएपछि आफुहरु सन्तुष्ट रहेको ईन्टरनेट प्रयोगकर्ता गलकोट नगरपालिका ७ मल्मका व्यावसायी तथा समाजसेवी छुम बहादुर थापाले बताए । निकट भविष्यमा प्रदेश नं ४ हुककदै नेपालभर ईन्टरनेट सेवा विस्तार गर्ने लक्षय रहेको गलकोट लिङ्क प्रालिले जनाएको छ । 

ईन्टरनेट व्यावसाय सञ्चालन सँगै अन्य युवाहरुलाई समेत रोजगारको अवसर मिलेको छ । अहिले गलकोटमा ५ जना र बागलुङमा ६ जना कर्मचारीले काम गरि रहेको केसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप