बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चीनले पाकिस्तानलाई बेच्यो यस्तो शक्तिशाली यन्त्र जसले भारतलाई दियो तनाव

शुक्रबार, ०९ चैत २०७४, १५ : ३८
शुक्रबार, ०९ चैत २०७४

बीबीसी–चीन र पाकिस्तानको सम्बन्धले पुन संसारको ध्यान तानेको छ । 

चीनले पाकिस्तानलाई यस्तो शक्तिशाली यन्त्र बेचेको छ, जसले सजिलै अकाशबाट तिब्र गतिमा आइरहेको मिसाइल पत्ता लगाउन सक्छ ।

चीनको सहयोगबाट पाकिस्तान आफ्नो मिसाइल कार्यक्रमहरुलाई विकसित र उन्नत बनाउन चाहन्छ ।

‘चाइनीज एकेडेमी अफ साइन्स(सीएएस)’का अनुसार पाकिस्तानलाई यस्तो सम्बेदनशील यन्त्र बेच्ने चीन पहिलो राष्ट्र हो । 

सीएएसमा ‘इन्टीट्युट अफ अप्टिक्स एण्ड इलेक्ट्रोनिक्स’को एक अनुसन्धानकर्ता झेंग मेंगवेईले ‘साउथ चाइन मर्निङ्ग पोष्ट’लाई यो कुराको जानकारी दिएको छ । सस्थानका अनुसार यो यन्त्रले प्राविधीक रुपमा लामो दूरीसम्म मिसाइललाई पत्ता लगाउन सक्छ । 

रिपोर्टका अनुसार पाकिस्तानी सेनाले आफ्नो नयाँ मिसाइल परिक्षण गर्न र त्यसलाई विकसित गर्नको लागि यसको प्रयोग शुरु गरिसकेको छ ।

यो यन्त्रबाट पाकिस्तानले एकै पटकमा कयैं दिशाहरुमा मिसाइल पत्ता लगाउन सक्दछ । मिसाइल परिक्षणमा यो एक निक्कै ठूलो समस्या हुने गर्छ । 

यो यन्त्रमा ज्यादा दूरीसम्म हेर्न मिल्ने टेलिस्कोप पनि लगाइएको छ, जसमा उच्च गतिको क्यमेरा जडित छ ।

यसमा सजिलैसँग इन्फारेडलाई पत्ता लगाउन सकिन्छ । र यसको कम्प्युटर सजिलै आकासमा रहेका दुश्मनहरुको गतिमान मिसाइल पत्ता लगाएर त्यसको पिछा गर्न सक्छ ।

भारतलाई असर

चीन र पाकिस्तानबीचको यो सम्झौतालाई भारतको ‘अग्नि–५’ मिसाइलसँग पनि जोडेर हेरिदैछ ।

भारतले यो वर्षको जनवरी महिनामा ओडिशाको समुन्द्री तट नजिक रहेको अब्दुल कलाम टापूबाट लामो दूरीको ‘अग्नि–५’ इन्टर कन्टिनेन्टल ब्यालेष्टिक मिसाइलको सफल परिक्षण गरेको थियो ।

जमिनबाट जमिनसम्म मार हान्न सक्षम यो मिसाइलले पांच हजार किलोमिटर दूरीसम्म निशाना लगाउन सक्दछ ।

यो परिक्षण पछि भारत अमेरिका, बेलायत, रुस, चीन र फ्रान्सजस्ता राष्ट्रहरुको समूहमा समाबेश भएको छ । 

यी सबै राष्ट्रहरुसँग एक महादेशबाट अर्को महादेशसम्म मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल छ । 

‘अग्नि ५’ को रेन्जमा चीनको कयौं क्षेत्र आँउछ । 

पछिल्लो बिहीबार भारतले राजस्थानको पोकरणमा ‘ब्रह्मोस’ मिसाइलको परीक्षण गरेको थियो ।

‘ब्रह्मोस’ मिसाइललाई संसारको सबैभन्दा तिब्र गतिको सुपरसोनिक क्रुज मिसाइल मानिएको छ । यसबाट भारतको निशाना लगाउने क्षमता ४०० किलोमिटरले वृद्धी भएको छ ।

साउथ चाइन मर्निङ्ग पोस्टको रिपोर्टमा भनिएको छ कि भारतसँग परमाणु हतियार बोक्न सक्ने मिसाइल छ र यसले लामो दुरी सम्म मार हान्न सक्छ ।

जबकि पाकिस्तान परमाणु हतियार बोक्न सक्षम मिसाइल विकासमा जोड दिइरहेको छ जसले एकै पटक अलग अलग निशाना लगाउन सक्छ ।

चीनले पाकिस्तानलाई ठूलो मात्रामा हतियारहरु बेच्ने गर्दछ । यसमा जहाज, पनडुब्बी र लडाकू विमानहरु समाबेश छन् ।

चीनको शिनचियाङ्ग प्रान्त र पाकिस्तानको ग्वादर बंन्दरगाह जोडने चीन–पाकिस्तान आर्थिक कोरिडोरलाइ लिएर भारतको पहिलेदेखि आपत्ती जनाइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप